Powered by Blogger.
गैसस सिन्धुलीद्वारा प्रजिअलाई स्वागत

 


सिन्धुली, २६ कार्तिक । गैर सरकारी संस्था महासंघ सिन्धुलीले आज एक समाराेह बीच भरखरै सिन्धुली सरूवा भएर आएका प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेकाे छ । 

प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले स्वागत समाराेहमा आफ्ना धारणा राख्दै समाजका हरेक जागृती र जागरणमा गैससकाे महत्वपुर्ण भुमिका रहेकाे बताउँदै गैससले आफुभित्रका गलत संस्कारलाई निरूत्साहित गर्दै आफ्नाे गर्बिलाे इतिहासलाई अझ बलियाे बनाउनु पर्नेमा जाेड दिए । 

बिगतका दिनमा आफुले गैसससँग सहकार्य गरेर काम गरेकाे स्मरण गर्दै प्रजिअ न्याैपानेले स्थानीय तहमा जननिर्वाचित सरकार नभएकाे अवस्थामा समेत गैससले नागरिक तहसँग जाेडिएर महत्वपुर्ण भुमिका निर्वाह गरेकाे बताए । सरकारी र गैर सरकारी निकाय दुबैकाे उदेश्य साझा भएकाले निरन्तर सद्भाव र सहकार्य जरूरी रहेकाे उनकाे भनाई थियाे । 

त्यस्तै स्वागत समाराेहमा आफ्ना धारणा राख्दै गैससका केन्द्रीय सदस्य संजय दाहालले गैर सरकारी संस्थाहरूकाे निरन्तर अनुगमन, नियमन र प्राेत्साहनमा जिल्ला प्रशासन कार्यालय र नयाँ प्रमुख जिल्ला अधिकारीकाे प्रभावकारी भुमिका हुने अपेक्षा ब्यक्त गरे । 

गैससका अध्यक्ष खेटराज अधिकारीले गैसस सधै सरकारकाे सहयाेगीकाे भुमिकामा रहेर बिपदमा समेत महत्वपुर्ण भुमिका निर्वाह गरेकाे स्मरण गराउदै 

आगामी दिनहरूमा पनि सधै सहयाेगीका रूपमा निरन्तर सामाजिक रूपान्तरण र जागरणका गतिबिधीमा लागिरहने प्रतिबद्वता ब्यक्त गरे । 

गैर सरकारी संस्था महासंघ सिन्धुलीले भरखरै सरूवा भएर आएका आन्तरिक राजश्व कार्यालय सिन्धुलीका प्रमुख नारायण दंगाललाई पनि स्वागत गरेकाे छ ।


,

0 comments

Write Down Your Responses