Powered by Blogger.
दशाैं कर सप्ताह सुरू, उत्कृष्ट करदाता सम्मानित


सिन्धुली, १ मंसीर । स्वच्छिक कर सहभागितामा अभिवृद्वि, सुशासन बिकास र सबृद्वि भन्ने मुल नाराका साथ दशाै राष्ट्रिय कर दिवस-२०७८ आजबाट सुरू भएकाे छ । सप्ताहकाे अवसरमा करदाता सेवा कार्यालय सिन्धुलीकाे कार्यक्षेत्र भित्र रहेर आर्थिक बर्ष २०७६/०७७ मा सबैभन्दा बढी रू २४ लाख ५७ हजार ७५ रूपैया ७५ पैसा  आयकर दाखिला गर्ने  उत्कृष्ट करदाता शिद्वबाबा कन्ट्रक्सन प्रालि कमलामाई-९ का प्राेपाइटर दिपक कुमार कार्की सम्मानीत भएका छन । 

करदाता सेवा कार्यालय सिन्धुलीले एक समाराेह बीच राष्ट्रिय कर दिवसकाे समुदघाटन गरेकाे छ । समुदघाटन समाराेहकाे अबसरमा प्रमुख अतिथीकाे रूपमा आफ्नाे भनाई राख्दै प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले सबैलाई करकाे दायरामा ल्याउने राज्यकाे उदेश्य रहेकाले सबैपक्षलाई सहयाेग र सहकार्य जरूरी रहेकाे बताए । राज्य नागरिक प्रति उतरदायी र नागरिक राज्यप्रति उतरदायी बन्न सकेकाे खण्डमा मात्र अगाडि बढ्न सकिने उनकाे भनाई थियाे । 


त्यस्तै कार्यक्रममा आफ्नाे भनाई राख्दै उधाेग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले सरकारले कर हाेईन करकाे दायरा बढाउनु पर्नेमा जाेड दिए । ब्यवसायी र करदाता कार्यालय बीच सहकार्यमा नै अगाडि बढ्नु पर्नेमा उनले जाेड दिए । 


करदाता सेवा कार्यालय सिन्धुलीकाे कार्यक्षेत्र भित्र ब्यक्तिगत २२६७, अन्तशुल्क ५१५, आयकर १२२८१, मूल्य अभिबृद्विकरमा १३२२ र सरकारी कार्यालयकाे १२२ सहित कुल १६५०७ ब्यक्ति,संघ संस्था तथा ब्यवसायी करकाे दायरामा रहेकाे कार्यालय प्रमुख नारायण प्रसाद दंगालले जानकारी दिए ।


, ,

0 comments

Write Down Your Responses