Powered by Blogger.
मेराे उमेदवारी नेपाली काग्रेसकाे शिर उचाे राख्न हाे- कार्की


सिन्धुली, ५ मंसीर । नेपाली कांग्रेस सिन्धुली क्षेत्र नंं १ का क्षेत्रीय सभापतिका उम्मेदवार पुष्प कार्कीले नेपाली कांग्रेसको इतिहास, बिरासत, लोकतान्त्रिक मुल्य मान्यता र आदर्शलाई आत्मसातगर्दै आफुलाई क्षेत्रीय सभापति पदमा मतदान गर्न सम्पूर्ण पार्टी प्रतिनिधी र नेतृत्वसँग अपील गर्नुभएको छ । 

सिन्धुली संघीय निर्वाचन क्षेत्र नं.१ काे सभापति पदमा उम्मेदवार कार्कीले आफ्नो उम्मेदवारी नेपाली कांग्रेसको शिर उच्च राख्न र नेपाली कांग्रेसलाई जनप्रिय पार्टीका रुपमा आफ्नो क्षेत्रमा स्थापित गराउनका लागि भएको प्रष्ट पार्नुभएको छ । 

उहाँले नेपाली कांग्रेस पार्टीमा लागेकै आधारमा कोही पनि कार्यकर्ताले हैरानी र दुःख व्यहोर्नु नपर्ने र पार्टी कार्यकर्ता र शुभेच्छुकहरु माथि आइपर्ने समस्या समाधानमा आफ्नो सहयोग रहने प्रष्ट पार्नुभएको छ । मेरो उम्मेदवारी नेपाली कांग्रेस पार्टीलाई जनजनमा बसाउनका लागि र कार्यकर्ताहरुको संरक्षणका लागि हो, व्यक्तिगत लाभ र स्वार्थका लागि होइन भन्दै उहाँले अगाडि भन्नुभयोः कस्तो नेतृत्व दिने र कस्ता उम्मेदवारहरुलाई भोट दिने भन्ने कुराले सिन्धुली कांग्रेसको आगामी यात्रा तय हुने भएकाले आम पार्टी प्रतिनिधी साथीहरुलाई विवेक प्रयोग गर्न आग्रह गर्दछु ।


, ,

0 comments

Write Down Your Responses