Powered by Blogger.
मरिणमा पुन पार्टीमा फर्किएका माओवादी नेताहरूलाई कार्वाहीकाे माग



सिन्धुली, २१ बैशाख । नेकपा(माओवादी केन्द्र) मरिण गाउँपालिका भित्रकाे आन्तरिक अन्तरविराेधले झन चर्काे रूप लिएकाे छ । 

माओवादी जिल्ला नेतृत्व बिरूद्व विभिन्न आराेप लगाउँदै जिम्मेवारीबाट राजिनामा दिएका नेकपा(माओवादी केन्द्र)का प्रदेश कमिटी सचिवालय सदस्य पानिराज बम्जन, सचिवालय सदस्य तथा जिल्ला संयाेजक रामकुमार पाैडेल, प्रदेश कमिटि सदस्य संगीता माझीले  मङलबार प्रेस बिज्ञप्ती जारी गर्दै पुन जिम्मेवारीमा फर्केका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा जिल्ला नेताहरूसँगकाे छलफल पश्चात् जिम्मेवारीमा फर्केका भनिएका नेताहरूलाई गाउँपालिकाका नेताहरूले भने कार्वाहीकाे माग गरेका छन । 

माओवादी केन्द्र मरिण गाउँपालिका कमिटिका एक नेताले भने अप्ठेराे परिस्थितीमा राजिनामा दिने, पार्टी बिरूद्व गतिविधी गर्ने अनि फेरि पुरानै जिम्मेवारीमा फर्कन पाउने कम्युनिष्ट पार्टीकाे अनुशासन भित्र पर्दैन, त्यसैले उहाँहरूलाई पार्टीले कार्वाही गर्नु पर्छ ।, उहाँहरूकाे नियत माथि हामीलाई संका छ ।

पार्टीले पुरानै जिम्मेवारीमा फर्काए पनि आफुहरू उनिहरूलाई नेता मान्न तयार नरहेकाे उनले बताए । माओवादी केन्द्र मरिण गाउँपालिका कमिटिले आज नै एक प्रेश बिज्ञप्ती जारी गर्दै  माओवादीबाट बिद्राेह गरि मरिण गाउँपालिका-४ मा अध्यक्षका लागि स्वतन्त्र उमेदवार बनेका धन बहादुर स्याङतान, वडा नं.-१ मा नेकपा(एमाले)काे तर्फबाट वडा अध्यक्षका उमेदवार बनेका गाेपिलाल लामिछाने, अर्का नेता हिरा ब्लाेन र नर बहादुर प्रसाईलाई पार्टीकाे साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेकाे छ । 

माओवादी केन्द्र मरिण गाउँपालिका ईन्चार्ज पदम बहादुर अस्थानी र कार्यवाहक अध्यक्ष काजिमान थिङ तामाङ द्वारा जारि प्रेश बिज्ञप्तीमा भनिएकाे छ, स्थापित नीति, विधि, विचार, सिद्वान्त र अनुशासन विपरित क्रियाकलापमा संलग्न कुनै पनि ब्यक्ति, नेता, कार्यकर्ता माओवादी केन्द्रकाे सदस्य हुन सक्दैनन् । 

पटक-पटक सुध्रिन आग्रह गर्दापनि पार्टी बिराेधी गतिबिधी नराेकिएका कारण निस्काशन गरिएकाे प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिएकाे छ ।


, ,

0 comments

Write Down Your Responses