Powered by Blogger.
गठबन्धनद्वारा सत्ताकाे दुरूपयाेग, एमाले कार्यकर्ता माथी झुठ्ठा मुद्धा लगाईयाे

 


सिन्धुली, २० बैशाख । स्थानीय तह निर्वाचनको सन्दर्भमा गत बैशाख १५ गते राति दुधौली नगरपालिका वडा नं.–२ भलुवाहिमा भएको घटनालाई लिएर गठबन्धन दल नेपाली काग्रेसले एमालेका २ दर्जन बढी स्थानीय नेता कार्यकर्ताहरु माथी झुठ्ठा मुद्धा दर्ता  गराएको छ । 

दुधौली नगरपालिकामा नेपाली काग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच तालमेल गरी सयुक्त रुपमा एमाले बिरुद्ध चुनाबी मैदानमा उत्रिएको गठबन्धनले उक्त घटनाकाे विषयलाई लिएर प्रहरी प्रशासनकाे दुरूपयाेग गर्दै नेकपा(एमाले)का २६ जना नेता कार्यकर्ताहरुलाई दुरब्यवाहार सम्बन्धी मुद्धा दर्ता गराएको छ । 

बैशाख १५ गते राति नेकपा(एमाले)का कार्यकर्ता शिब धामीलाई कुटपिट तथा निजले प्रयोग गरेको स्कुटर तोडफोड गरेपछि आक्रोशित बनेका नेकपा(एमाले)का कार्यकर्ताहरुले काग्रेस कार्यकर्ताहरुले प्रयोग गरेको मोटरसाइकल तथा गाडिमाथि तोडफोड गरिदिएका थिए । 

घटनाको सुरुवात नेपाली काग्रेस पक्षबाट भएको तर त्यसलाई पुरै ढाकछोप गर्दै नेकपा(एमाले) विरुद्ध प्रशासनको समेत दुरुपयोग गर्दै आंतक सिर्जना गर्न खोजिएको भन्दै नेकपा(एमाले)ले छलफल र बार्ता मार्फत समस्या समाधान गर्न पहल गर्नुपर्नेमा जोड दिएको थियो । बार्ता र छलफल मार्फत सहमति खोज्ने प्रयासहरु हुँदा हुँदै नेपाली काग्रेसले आफ्ना नेता कार्यकर्ताहरुलाई  मुद्धा दर्ता गर्ने काम गरेको भन्दै नेकपा(एमाले)ले राजनैतिक पुर्वाग्रह राखेर गरिएका झुठ्ठा मुद्धा खारेजीको माग गरेको छ । एमाले भएकै कारण आफ्ना कार्यकर्ताहरू माथि मुद्वा लगाईएकाे प्रति नेकपा(एमाले) सिन्धुलीले गम्भीर आपत्ति जनाएकाे छ । 

उता नेपाली काग्रेसले एमालेका निर्दोष नेता कार्यकर्ताहरु माथि झुठ्ठा मुद्धा दर्ता गरेका कारण जनमत भने झन बढ्दै गएको छ । उक्त वडामा निक्कै उत्साहका साथ नेता कार्यकर्ताहरु चुनाबी मैदानमा उत्रिएका छन । नेकपा(एमाले)को तर्फबाट वडा नं.२ का वडा अध्यक्षका प्रत्यासी रितेश राउत भन्छन, राजनितिक पुर्वाग्रह र प्रतिशोध साधेर हाम्रा मान्छेहरुलाई झुठ्ठा मुद्धा लगाईएको छ, यो कार्य निन्दनीय छ । उनले भने, यस्ता खाले राजतिनीक प्रतिशोध राखेर गरिने व्यवाहारले ठिक ठाउँमा पुयाउन सक्दैन र सहन सक्ने कुरा पनि हुँदैन । हामी राजनैतिक रुपमा प्रतिबाद र प्रतिरोध गर्न तयार छौं ।

जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न नभएका घरमा सुतिरहेका एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेकाे छ ।


, ,

0 comments

Write Down Your Responses