Powered by Blogger.
सिन्धुलीमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यू



सिन्धुली–सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटारमा ट्रयाक्टरको ठक्करबाट सनिबार एक बालिकाको मृत्यू भएको छ । 

सिलामेबाट सिन्धुली बसपार्क तर्फ आउदै गरेको ना ५ त ९५१० नम्बरको ट्याक्टरले कमलामाई नगरपालिका–५ निवासी बल कुमार श्रेष्ठको ५ बर्षिय छोरी निर्जला श्रेष्ठलाई ठक्कर दिई घाईते बनाएको र निजको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता डिएसपी चिरन्जीवी दाहालले जानकारी दिनुभयो । 

ट्याक्टरका चालक कमलामाई नगरपालिका–५ का गोपी वाईवा र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको साथै घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 



,

0 comments

Write Down Your Responses