Powered by Blogger.
सिन्धुलीमा बढ्दै अपराध र अराजकताका घटना

 


चुनौतीपूर्ण बन्दै सामाजिक सुरक्षा 

सिन्धुली– पछिल्लो सयम देशमा जुन ढंगले सामाजिक अराजकताका घटना बृद्धि हुँदै गईरहेको छ स्वभाविक रुपमा त्यसको प्रभाव पछिल्लो समय सिन्धुलीमा पनि देखिदै गईरहेको छ । 

राजधानी काठमाण्डौलाई जोड्ने ट्रान्जीट जिल्लाको रुपमा रहेको सिन्धुली पछिल्लो समय सुरक्षाका हिसाबले निक्कै चुनौतीपूर्ण बन्दै गईरहेको छ । पछिल्लो समय संगठित अपराधका घटनामा नियन्त्रण आएपनि सामाजिक अपराधका घटनाहरु भने बढ्दै गईरहेका छन । 

तिन राजमार्गको सडक सुरक्षा, लागुऔषध ओसारपसार नियन्त्रण, अवैद्य सामाग्रीहरुको ओसारपसार नियन्त्रण सँगै सामाजिक अपराधका घटनाहरुको नियन्त्रण जिल्लाको प्रहरी प्रशासनको लागी चुनौतीको बिषय बनिरहेको छ । 

पछिल्लो समय सिन्धुलीमा सामाजिक अराजकताका घटनामा पनि ब्यापक बृद्धि हुँदै गईरहेको देखिएको छ । अराजकताको स्थित नियन्त्रण भन्दा बाहिर पुगिसकेको अवस्था छ । 

पछिल्लो साता मात्र सुनकोशी गाउँपालिका–३ मा भएको सवारी दुर्घटना पछि यात्रुवाहक बसमा आगजनि भएको घटना होस वा आर्थिक लेनदेनको बिषयलाई लिएर कमलामाई नगरपालिका–४ की एक महिला माथि भएको अमानवीय कुटपिको घटना हुन । यी दुई घटनाले समाज कति सम्म अराजक बनिरहेको छ भन्ने प्रस्ट देखिएको छ । समाजमा उश्रृङखल तत्वले कति सम्म राज्यलाई हेपिरहरेको छ भन्ने प्रस्ट देख्न सकिन्छ । 

त्यति मात्र होइन जिल्लाकै प्रशिद्ध शिद्धबाबा मन्दिर परिषरमा निर्माण गरिएको लाईट बोर्ड तोडफोडको घटना होस अथवा अन्य सामाजिक अपराधका घटना हुन । यस्ता घटनाहरुले समाज कुन बाटो तर्फ अगाडि बढिरहेको छ भन्ने संकेत गरिरहेको छ ।  

जिल्लामा अर्धन्यायीक निकायको रुपमा रहेको स्थानीय सरकारको न्यायीक समितिमा दर्ता भएका मुद्धाहरुको अवस्था, जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको मुद्धाहरुको संख्या र जिल्ला अदालतमा दर्ता भईरहेका मुद्धाहरुको संख्या हेर्दा पनि जिल्लामा सामाजिक अपराध र अराजकताका घटना ब्यापक बृद्धि हुँदै गईरहेको देखाउछ । 

किन यस्ता घटनाहरु दिनानुदिन बढ्दै गईरहेका छन भन्ने सन्दर्भमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष कृष्णहरि घिमिरे भन्नुहुन्छ, ‘लोकतन्त्रले नागरिकहरुलाई नयाँ केहि दिन सकेन झन निरास बनाउँदै लग्यो, त्यसैको परिणाम आज अदृश्य शक्तिले खेल्ने मौका पायो र सामाजिक अराजकताको सिर्जना गर्दै लग्यो ।’ राज्य नागरिक प्रति जिम्मेवार नबन्दाको परिणाम आजको अवस्था रहेको घिमिरेले विश्लेषण रहेको छ । 

त्यस्तै समाजमा बढ्दै गईरहेको सामाजिक, आर्थिक, सास्कृतिक अराजकताको अन्त्यको लागी सबैपक्ष सचेत भएर यस्को नियन्त्रणमा लाग्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी भरत खनाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गरिबी, अशिक्षा र आर्थिक संकटका कारण सामाजिक अराजकता बढ्दै गईरहेको छ । सबै पक्ष सचेत बनेर सकारात्मक सन्देश प्रवाह गर्दै समाजलाई नयाँ ठाउँमा लान आवश्यक छ ।’

पछिल्लो समय समाजमा अपराधीक गतिविधिहरु बड्दै गइरहेकाले यस्ता अपराधिक गतिविधिहरुको न्युनिकरणमा प्रहरी मात्रै नभई सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रबक्ता डिएसपी चिरन्जीवी दाहाललले आग्रह गर्नुभयो । क्षणिक स्वार्थका लागि कसैलाइ अवरोध पुर्याउनु भन्दा सहयोगी भावनाले समाजमा सहकार्य गरी समाज सुधारमा सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 



, ,

0 comments

Write Down Your Responses