Powered by Blogger.
गुणस्तरिय सेवा प्रवाह पहिलो प्राथामिकता– प्रजिअ खनाल


सिन्धुली– सिन्धुलीमा यसै साता सरुवा भएका आउनुभएका  प्रमुख जिल्ला अधिकारी भरत खनालले आफ्नो कार्यालयबाट नागरिकहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्ने कार्य आफ्नो पहिलो प्राथामिकतामा रहेको बताउनुभएको छ । 

शुक्रबार जिल्लाका संचारकर्मीहरुसँगको भेटघाटको क्रममा प्रजिअ खनालले कार्यालयमा कर्मचारीहरुको अभाबका कारण सेवा प्रवाहमा समस्या भएको बताउँदै कर्मचारीहरुको ब्यवस्थापन गर्दै नागरिकहरुलाई सहज सेवा प्रदान गर्ने कार्य आफ्नो पहिलो प्राथामिकतामा रहेको बताउनुभएको हो । 

प्रजिअ खनालले पत्रकारहरुसँगको छलफलको क्रममा जिल्लामा रहेको समस्याहरुको समाधानका लागी आफु सधै सक्रिय भएर लागीरहने प्रतिबद्धता सहित संचारकर्मीहरुलाई सकारात्मक सहयोगको लागी आग्रह गर्नुभएको थियो । 

जिल्लामा बढ्दै गएको सुरक्षा चुनौती, अपारदर्शिता लगायतलाई नियन्त्रण गर्न जिम्मेवार भएर लाग्न प्रजिअ खनाललाई पत्रकारहरुले आग्रह गरेका थिए । 

प्रजिअ खनालले नागरिकहरुमा लोकतन्त्र प्रति बितृष्ठा बढ्दै गएको सन्दर्भमा प्रशासन, कर्मचारी, पत्रकार लगायत समाजका सबै पक्ष जिम्मेवार भएर नागरिकहरुलाई सहि सेवा र सुचना प्रवाह गर्दै लोकतन्त्रलाई बलियो बनाउन लाग्न आवश्यक रहेको समेत बताउनुभयो । 

यस भन्दा अघि राष्ट्रिय सुरक्षा परिषदमा रहेर काम गर्नुभएका खनाल पहिलो पटक प्रमुख जिल्ला अधिकारीको भुमीकामा सिन्धुली आउनुभएको हो । 

 


,

0 comments

Write Down Your Responses