Powered by Blogger.
राष्ट्रिय गौरब तथा रुपान्तरणकारी सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सार्वजनिक सन्देश


आधुनिक प्रविधिको सफल प्रयोग मार्फत अन्तर जलाधार जल स्थानान्तरण तथा बहुउदेश्यीय जलश्रोत आयोजनाको बिकास गरी कृषि योग्य भुमीमा बाहै महिना भरपर्दो सिचाई सुविधा उपलब्ध गराई कृषि उत्पादन र उत्पादकत्व बृद्धिको साथै यस आयोजनाबाट उत्पादन हुने जलविधुतबाट समेत देशको आर्थिक विकास हासील गर्न सहयोग पुर्याउने मुलभुत लक्ष्यका साथ राष्टिय गौरब तथा रुपान्तरणकारी आयोजनाको रुपमा सुनकोशी मरिण हाइभर्सन बहुउदेश्यीय आयोजना कार्यान्वयनको चरणमा रहेको छ । 
आयोजनाको पहिलो चरणको कार्य अन्र्तगत सुरुग निर्माणको कार्यका लागी अन्तराष्ट्रिय प्रतिसप्रर्धाबाट छनौट भएको निर्माण ब्यवसायी China Oversaese Engineering Grup co. ltd(COVEC) बाट Tunnel Boring Machine(TBM) को प्रयोग गरी हाल सम्म ९२२६ मिटर सुरुङ्ग खन्ने कार्य सम्पनन् भएको छ । दोश्रो चरणको कार्य अन्र्तगत Headwork, power house, surge Shaft, Hydro-mechanical, realignment of Bp highway  हात्तिटार जग्गा उकास र अन्य संरचनाहरुको निर्माण कार्यको लागी अन्तराष्ट्रिय प्रतिसप्रर्धाबाट छनौट भएको निर्माण ब्यवसायी Patel-Raman JV द्धारा निर्माण कार्य भईरहेको छ । 
सुनकोशी मरिण बहुउदेश्यीय आयोजनाले सामाजिक दायीत्व तथा बातावरणीय सुधारका कार्यक्रम अन्र्तगत बाँध निर्माण स्थानको डुबान क्षेत्र र सिन्धुलीको मरिण नदिमा निर्माण हुने पावर हाउस क्षेत्रमा नदि नियन्त्रण सडक सिचाई कुलो लिफ्ट सिंचाई खानेपानी लगायतका विभिन्न् कार्यक्रमहरु आवश्यक्ता अनुरुप सञ्चालन गर्ने छ । यस्को अलावा आयोजनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित समुदायमा विभिन्न् सीप बिकास तथा क्षमता अभिबृद्धिका विभिन्न् कार्यक्रमहरु समेत संचालन भईरहेका छन । करिब ४९.४२ अर्ब लागत अनुमान(संशोधित ०१) रहेको यस आयोजनाको निर्माण कार्य आ.ब.२०७७/७८ मा शुरु भई आव २०८५/८६ सम्ममा निर्माण कार्य सम्नन् गर्ने लक्ष्य रहेको छ । आयोजनाको हाल सम्मको भौतिक प्रगतिको २५.२० प्रतिशत र आर्थिक २१.९९ हासील गरेको छ । यस राष्ट्रिय गौरब तथा रुपान्तरणकारी आयोजनाको सफल कार्यान्वयनका लागी सबै पक्षबाट साथ र सहयोगको अपेक्षा गरिएको छ । 

                                         

                                      सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली  



, ,

0 comments

Write Down Your Responses