Powered by Blogger.
मरिणमा प्रभाबकारी बन्दै कृषि तथा पशु उद्यमशिलता परियोजना


सिन्धुली– हेफर इन्टरनेशनल नेपालले सञ्चालन गरेको कृषि तथा पशु उद्यमशिलता परियोजना प्रभावकारी देखिएको छ ।

सिन्धुलीको मरिण गाउँपालिकामा सञ्चालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत कृषि तथा पशु उद्यमशिलता परियोजना प्रभावकारी देखिएको हो । स्थानीय तहसँगको सहकार्यमा अन्तरराष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनल नेपाललेसँगको सहकार्यमा मानव तथा राष्ट्रिय बिकास समाज(हेड्स) नेपालले सञ्चालन गरेको सो परियोजना सफल भएको स्थानीय तहका जनप्रतिनिधीको बताएका हुन् ।

स्थानीय सरकार र हेफर नेपाल बीच परियोजना सम्झौता भई कार्यान्वयन भईरहेको साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम आर्थिक समृद्धि र सशक्तीकरणका लागि परियोजना फलदायी रहेको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो ।


कृषकहरुका लागी कृषि, पशुपालन तथा आर्थिक सशक्तीकरणका लागि हेफरको कार्यक्रमले ठुलो मद्धत पुगेको गाउँपालिका अध्यक्ष बिमर्श मोक्तानले बताउनुभयो । महिला तथा युवाको आर्थिक शसक्तीकरणका लागि हेफर नेपालले खेलेको भूमिका प्रशंसनीय भएको उहाँले बताउनुभयो ।  मोक्तानले स्थानीय सरकारसँग  साधन र स्रोतको पर्याप्त आधार नभएकाले हेफर सँगको सहकार्य फाइदाजनक भएको बताउनुभयो ।

कृषि, पशुपालनमार्फत आर्थिक विकास, समुन्नत जिविको पार्जनमा संस्थाले उल्लेखनीय काम गरेको स्थानीय जनप्रतिनिधीहरुको भनाई रहेको छ । 


परियोजना अन्र्तगत हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यसै साता  फाल्गुण ३ देखी ९ गते सम्म मरिण गाउँपालिका सवै वडाहरुमा कृषकहरुका गाई, भैसी तथा बाख्राहरुलाई ६ हजार ५ सय पिसीआर भ्याक्सीन, २ हजार खोरेत भ्याक्सीन तथा विभिन्न् रोगहरुसँग सम्बन्धीत २ लाख मुल्य बराबरको औषधी वितरण कार्य सम्पनन् गरिएको मरिण गाउँपालिका अन्र्तगत हेफर परियोजना प्रमुख रचना टण्डन क्षेत्रीले जानकारी दिनुभयो । 

स्थानीय सरकारसँगको सहयोगमा संस्थाले आफ्नो घर–घरमै आएर पशुहरुको उपचार सेवा प्रदान गरेकामा मरिण गाउँपालिका–६ कि कृषक हिरामायाँ घलानले खुसी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई प्राविधिक सहयोग र बजारीकरणका लागी सरकारले प्रोत्साहन गरेको छ, हामी खुसी छौं ।”

 



, , ,

0 comments

Write Down Your Responses