Powered by Blogger.
कमलामाईको ५ नं. वडा सुबिधा सम्पनन् आफ्नै भवनमा


सिन्धुली– जिल्लाको कमलामाई नगरपालिका वडा नं.–५ ले सोमबारबाट आफ्नै सुविधा सम्पनन् भवनबाट सेवा प्रवाह सुरु गरेको छ । एक समारोह बीच वडा अध्यक्ष पूर्ण बहादुर खड्काले रिवन काटेर कार्यालय प्रवेश गर्दै सेवा प्रवाह सुरु गर्नुभएको थियो । 

संघीय सरकारको लगानीमा वडा कार्यालय भवन निर्माण सम्पनन् भएसँगै आफ्नै भवनबाट सेवा प्रवाह सुरु गर्ने भएको हो । 

स्थानीय तह निर्माणको दोश्रो कार्यकालमा वडा कार्यालय आफ्नै सुविधा सम्पनन् भवन प्राप्त गरेको छ । जनप्रतिनिधी तथा स्थानीय नागरिकहरुको पहलमा जग्गाको ब्यवस्थापन गरेपछि भवन निर्माणका लागी केन्द सरकारले गत आर्थिब वर्षमा बजेट बिनियोजन गरेको थियो । 


वडा कार्यालय भवनको निर्माण सम्पन्न भएसंगै निर्माण कम्पनीले उक्त भवन अघिल्लो साता वडा कार्यालयलाई हस्तान्तरण गरेको थियो । 

सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापबाट बोलपत्र आब्हान गरि कुल १ करोड ३० लाख लागतमा निर्माण गरिएको उक्त भवनको बैठक हल सहित ७ वटा कोठा रहेका छन । उक्त भवनको निर्माण कार्य स्लेट–सिर्जना–रामबोले जेभी निर्माण कम्पनीले २०७९-१२-११ मा ठेक्का सम्झौता गरी समय भन्दा ९ महिना अगाडि नै निर्माण कार्य सम्पनन् गरेको थियो । 


भवनबाट सेवा प्रवाह सुरु भएसँगै वडा अध्यक्ष पूर्ण बहादुर खड्काले भवन निर्माणका लागी सहयोग पु¥याउने सवै पक्षलाई धन्यवाद ब्यक्त गर्दै वडाको सम्पतिलाई सबै मिलेर संरक्षण र विकास गर्न आवश्यक रहेको बताउनुभयो । नयाँ आफ्नै भवनबाट सेवा पाएपछि वडाबासीहरु पनि हर्षित भएका छन । 



, ,

0 comments

Write Down Your Responses