Powered by Blogger.
हरिहरपुरगढी गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक विदा दिने


सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आज बिहिबार एक सुचना जारी गर्दै माघ २५ गते बसेको गाउँ कार्यापालिकाको बैठकले २६ गते शुक्रबार र २८ गते आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलद्धारा हस्ताक्षरित सूचनामा यही माघ २७ गते शनिबार मनाइने सोनाम ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलगायत नेपालीहरूमा शुभकामना व्यक्त गरिएको छ।
पालिकामा तामाङ समुदायको बाहुल्यता रहेकोले सांस्कृतिक पर्व मन्जुश्री संवत् २८६० सोनाम ल्होसारको अवसरमा गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सुचनामा उल्लेख गरिएको छ ।
बिदाको दिन गाउँपालिकाको कार्यालय, मातहतका वडा र सार्वजनिक संघ संस्थाहरु बन्द रहेनेछन् ।


, ,

0 comments

Write Down Your Responses