Powered by Blogger.
पत्रकारहरूका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सुरू


सिन्धुली- समान सहभागीताका लागि संचार, पत्रकारीतामा सुचनाकाे हककाे प्रयाेग बिषयक अभिमुखिकरण कार्यक्रम सुक्रबारबाट सिन्धुलीमाढीमा सुरू भएकाे छ । 

कमलामाई नगरपालिकाकाे सहयाेग तथा अंकपत्र मिडिया ग्रुप प्रालिकाे आयाेजनामा सुरू भएकाे २ दिने अभिमुखिकरणकाे उदघाटन समाराेहमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नगर प्रमुख उपेन्द्र कुमार पाेखरेलले पत्रकार र पत्रकारिता समाजकाे ऐना भएकाले जिम्मेवार बनेर लाग्नु पर्ने साथै सामाजिक रूपान्तरणका लागि पत्रकार पेशागत मर्यादा कायम राख्दै अगाडि बढ्न जरूरि रहेकाे बताउनु भयाे । 

देश आर्थिक संकटमा परिरहेकाे अवस्थामा आर्थिक रूपान्तरणका लागि संचारजगत क्रियाशिल हुनुपर्ने उहाँकाे धारणा थियाे । 

राज्यमा जवाफदेहिता, पारदर्शीता र सुशासन कायम गराउन र नागरिकलाई र लाेकतन्त्रलाई बलियाे बनाउन

सुचनाकाे हक सम्बन्धी तालिमले महत्वपुर्ण याेगदान पुर्याउन सक्ने बिश्वस ब्यक्त गर्नुभयाे । 


कार्यक्रमका प्रशिक्षक तथा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय पुर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले शुभकामना मन्तब्य ब्यक्त गर्दै नागरिक सुसुचित भएपछि मात्र लाेकतन्त्र बलियाे हुने बताउँदै सुचनाकाे हक पत्रकारहरूकाे मात्र नभएर आम नागरिककाे हक भएकाे र राज्य पनि नागरिक प्रति जवाफदेहि हुनुपर्ने बताउनुभयाे । 

अंकपत्र मिडिया ग्रुप प्रालिका अध्यक्ष पुष्कर थापाकाे अध्यक्षतामा भएकाे उदघाटन समाराेहमा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे,  नेपाल पत्रकार महासंघ सिन्धुलीका पुर्व अध्यक्ष श्यामहरि अधिकारी, प्रेस युनियन सिन्धुलीका अध्यक्ष बरूण लामिछाने लगायतले शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।


,

0 comments

Write Down Your Responses