Powered by Blogger.
स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण सम्पन्न्न



फिक्कल(सिन्धुली)– स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड सम्बन्धी स्वास्थ्य चौकी स्तरिय दुई दिने अभिमुखीकरण कार्यक्रम सुन्नामपोखरी स्वास्थ्य चौकी फिक्कल–२ मा आईतबार सम्पनन् भएको छ ।
स्वास्थ्य चौकीमा उपलब्ध सेवाहरुको मापदण्डको स्वमुल्याकंन तथा समस्याहरुको पहिचान सहित आगामी कार्ययोजना निर्माणका लागी स्वास्थ्य चौकी ब्यवस्थापन समिति,
स्वास्थ्यकर्मी तथा स्वयेमसेबिकाहरुको उपस्थितीमा सम्पनन् अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य संस्थाको न्यूनतम सेवाको अवस्थाको बारेमा विभिनन् सुचकहरुको आधारमा
स्वमुल्याकंन गरिएको छ ।
स्वास्थ्य संस्थाको लागी  एमएसएस अंकको आधारमा मुल्याकंन गर्दा सुन्नामपाेखरी स्वास्थ्य चौकीले ७५ अंक अर्थात कलर कोर्डिङ्गको आधारमा निलो कलर प्राप्त गरेको छ । मुल्याकंनका २४ वटा सुचकह मध्ये ७ वटामा हरियो, ६ वटामा निलो, १० वटामा पहेलो र २ वटामा सेतो कलर प्राप्त गरेको छ । मुल्याकंनको मापदण्ड अनुसार ५० प्रतिशत सम्म अंक ल्याउनेलाई सेतो, ५० देखी ६९ सम्म अंक प्राप्त गर्नेलाई पहेलो, ७० देखी ८४ प्रतिशत अंक प्राप्त गर्नेलाई निलो र ८५ देखी १०० प्रतिशत अंक प्राप्त गर्ने स्वास्थ्य संस्थालाई हरियो कलर प्राप्त गर्ने ब्यवस्था रहेको छ ।
सुन्नामपोखरी स्वास्थ्य चौकीले हाल सम्मको अवस्थाको स्वमुल्याकंन गर्दा सुशासन ब्यवस्थापन सम्बन्धीमा ६० प्रतिशत, किल्नीक सेवा ब्यवस्थापनमा ७० प्रतिशत र स्वास्थ्य
चौकी सहयोग सेवा ब्यवस्थापनमा ६८ प्रतिशत प्राप्त गरेको स्वास्थ्य चौकीका सिनियर अहेब राम सिंहाशन ठाकुरले बताउनुभयो ।
२ दिन सम्म चलेको अभिमुखिकरण कार्यक्रमबाट आगामी दिनमा स्वास्थ्य चौकीलाई अझ ब्यवस्थित र सेवा प्रदानलाई प्रभावकारी कसरी बनाउने भन्ने बिषयमा विभिन्न् सुचकहरूकाे बारेमा छलफल गर्दै प्राप्त हुन नसकेको आधारभुत बिषयहरुलाई समेट्दै आगामी कार्ययोजना समेत निर्माण गरिएको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष शंकर बहादुर भण्डारीले बताउनुभयो ।

कार्यक्रम फिक्कल गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका तथ्याकं अधिकृत सुरेश खतिवडाको सहजीकरणमा सम्पनन् भएकाे हो ।
फिक्कल गाउँपालिका क्षेत्रमा १५ शैयाको एक अस्पताल सञ्चालनको प्रक्रियामा रहेको छ भने ६ वटा स्वास्थ्य चौकी, १० वटा स्वास्थ्य इकाई र ५ वटा बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको र ति मध्ये ६ वटा स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड सम्बन्धी स्वमुल्याकंन तथा आगामी कार्ययोजना निर्माणका कार्यक्रम सञ्चालनमा रहेको फिक्कल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुयालले जानकारी दिनुभयाे ।


, ,

0 comments

Write Down Your Responses