Powered by Blogger.
बागमती प्रदेश सरकारको निर्णयलाई सिन्धुलीका तामाङ्ग र नेवार समुदायले गरे स्वागत


सिन्धुली– बागमती प्रदेश सरकारले तामाङ्ग र नेपाल भाषालाई सरकारी कामकाजमा मान्यता दिएको अवसरमा सिन्धुलीका तामाङ्ग र नेवार समुदायले स्वागत गरेका छन । 

सोमबार नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समन्यव समिति सिन्धुली र नेवा ः दय् देबु सिन्धुलीले अन्तरक्रिया कार्यक्रम गर्दै प्रदेश सरकारको निर्णयलाई स्वागत गरेका हुन । 

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सांसद सुकुमायाँ तामाङ्गले बागमती प्रदेश सरकारले गरेको निर्णय महत्वपूर्ण रहेको बताउँदै यसको कार्यान्वयनमा सबै सरकारी संयन्त्र जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ बागमती प्रदेशमा रहेका तामाङ तथा नेवार जातिका मानिसहरूले प्रयोग गर्ने मातृ भाषाको रूपमा रहेको नेपाल तथा तामाङ भाषालाई सरकारी कामकाजको लागि प्रयोगमा ल्याएपछि अब तामाङ तथा नेवार समुदायको बाक्लो बसोबास रहेको बागमतीको अधिकांश जिल्लामा कार्यसम्पादन गर्न थप सहजता हुने छ ।’

त्यस्तै नेपाल तामाङ्ग घेदुङ्ग सिन्धुलीका अध्यक्ष सुरत बहादुर स्याङ्गतान(बृहत)ले संघीयता र समावेशीतालाई बलियो बनाउन र सबै जातजाती भाषा भाषीको सह अस्तीत्वलाई स्वीकार गर्न बागमती प्रदेश सरकारले महत्वपूर्ण निर्णय गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । 


कार्यक्रमका अध्यक्ष तथा नेवा दय देवुको जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने सरकारको निर्णय स्वागत योग्य भएको बताउनुभयो ।

बागमति प्रदेश सरकारको २०८०⁄०१⁄१२ को बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ्ग भाषा र  नेपाल भाषालाई बागमती प्रदेश सरकारको कामकाजको भाषाको रुमा लागु हुने अवसरको दिन सोमबार सर्वाजनिक बिदाँ दिने निर्णय गरेको थियो । 

 




, ,

0 comments

Write Down Your Responses