Powered by Blogger.
डढेलो नियन्त्रणका लागी प्रहरीलाई सामाग्री हस्तान्तरण


सिन्धुली– डिभिजन बन कार्यालय सिन्धुलीले डढेलो नियन्त्रणका लागी फिक्कल गाउँपालिका–४ मा रहेको प्रहरी चौकी खाङसाङ्गलाई सामाग्री हस्तान्तरण गरेको छ । 

गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल तथा डिभिजन बन कार्यालय सिन्धुलीको अधिकृत बन्दना बस्नेतको उपस्थितीमा सोमबार सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाको तर्फबाट धन्यवाद ब्यक्त गर्दै डढेलो नियन्त्रणका लागी बन कार्यालयको कर्मचारी, स्थानीय तह, सुरक्षा निकाय, सामुदायीक बन उपभोक्ता समुह साथै आम नागरिकहरुको समन्यव र सहकायृ आवश्यक रहेको बताउनुभयो । 

बन डढेलो भयाबह बन्दै गईरहेकोले सुरक्षा संयन्त्रलाई श्रोतसाधन सम्पनन् गराउने उदेश्यका साथ डिभिजन बन कार्यालय सिन्धुलीले डढेलो नियन्त्रणका सामाग्री प्रदान गर्दै आईरहेको र डढेलो नियन्त्रणका लागी डिभिजन बन कार्यालय सिन्धुलीले सबै संयन्त्रसँग समन्यव गरेर काम गरिरहेको डिभिजन बन कार्यालय सिन्धुलीका बन अधिकृत बन्दना बस्नेतले बताउनुभयो । 

सिन्धुलीमा बर्षेनी बन डढेलोको समस्याले सताउने गरेको छ । जिल्लामा हिउँदो याममा हुने आगलागीका कारण मानवीय क्षति तथा भौतिक सम्पति र पशु चौपायाँको नष्ट हुने गरेको छ । सामुदायीक बन उपभोक्ता समितिहरुको गतिविधी प्रभावकारी हुन नसक्दा बर्षेनी सामुदायीक बनमा आगलागी हुने गरेको स्थानीय नागरिकहरुको गुनासो छ । 

कानुनी कार्वाहीको अवस्था कमजोर हुँदा र सामाजिक चेतनामा कमी हुँदा बनमा आगलागी गर्ने प्रवृत्ति बर्षेनी बढ्दै गएको नागरिक निगरानी सञ्जाल सिन्धुलीका अध्यक्ष बेदराज दाहालले बताउनुभयो । 

डढेलो सुरु भएपछि मात्रै सचेत हुने परम्परागत शैलीका कारण हरेक वर्ष आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ । अनौपचारिक तथ्यांक अनुसार हरेक वर्ष डढेलोबाट १५ लाखदेखि २० लाख हेक्टरसम्म वनमा क्षति पुग्ने गरेको छ । मानवीय क्षति पनि उत्तिकै भइरहेको छ । कतिपय घटनामा सीधा मानवीय क्षति नपुगे पनि पर्यावरणमा गम्भीर क्षति पुग्ने गरेको छ । वन्यजन्तु र रूख बिरुवामा परेको क्षति गणना गरिसाध्य छैन । वर्षौंदेखि हुर्काइएका वन, बहुमूल्य जैविक विविधता र सम्पदा पनि नासिएका छन् । कतिपय डढेलोले मानव बस्तीलाई पूरै उजाड बनाएको छ । जानेर वा नजानेर भए पनि यी सबै घटनामा मानव नै दोषी छन् । आफूलाई आपत नपर्दासम्म नचेतिने मानवीय स्वभावले यस्ता घटना भएका छन् । त्यसैले यसको न्यूनीकरणमा पनि सबै पक्ष जागरुक हुनुपर्छ । 



, ,

0 comments

Write Down Your Responses