सिन्धुली उद्योग बाणिज्य संघ गोलन्जोर शाखा उदघाटन
सिन्धुली, २८ असार । सिन्धुली उद्योग बाणिज्य संघले शनिबार एक समारोह बीच गोलन्जोर गाउँपालिकामा सिन्धुली उद्योग बाणिज्य संघ शाखा गोलन्जोरको उदघाटन गरेको छ ।
गोलन्जोर गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पनन् शाखा उदघाटन समारोहमा गोलन्जोर गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष दौलत कार्की, विभिन्न् राजनैतिक पार्टीका प्रतिनिधी तथा प्रमुख, सिन्धुली उद्योग बाणिज्य संघका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो
शाखा उदघाटन सँगै भेलाले ११ सदस्यीय तर्दथ समिति गठन गरेको छ । जस्मा अध्यक्ष राम कुमार श्रेष्ठ, उपाध्यक्षमा रामहरि बराल र तेज बहादुर थापा, सचिबमा ओम कुमार कार्की, सहसचिबमा नारायण कुमार श्रेष्ठ र कोषाध्यक्षमा नबराज श्रेष्ठ रहनुभएको छ ।
गोलन्जोर गाउँपालिकामा सिन्धुली उद्योग बाणिज्य संघको शाखा गठनसँगै उद्योग बाणिज्य संघ सिन्धुलीको जिल्लामा शाखाको सख्या ९ पुगेको छ ।
0 comments
Write Down Your Responses