Powered by Blogger.
लागु औषध ब्राउन सुगर सहित एक ब्यक्ति पक्राऊ


सिन्धुली, २८ असार ।  लागु औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय भिमानको सयुक्त प्रहरी टोलीले शनिबार बीपी राजमार्ग स्थित कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टबाट एक ब्यक्तिलाई लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । 

विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले शनिबार दिउँसो बिराटनगरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ५०७५ नम्बरको हायस गाडिमा सवार रुपन्देही मायाँदेवी गाउँपालिका–४ का मुराली लोनियाको छोरा अन्दाजी ४७ बर्षका भगवान दास लोनियाको साथबाट कालो रंगको झोला भित्र सेतो प्लास्टिकमा पोका पारि लुकाई छिपाई राखिएको अबस्थामा लागु औषध ब्राउन सुगर सहित उनलाई पक्राउ गरेको हो । 

उनीसँग पक्राउ गरिएको ब्राउन सुगर ९५ ग्राम ०५ मिलिग्राम रहेको र उनलाई कानुन अनुसार कार्वाहीका लागी इलाका प्रहरी कार्यालय भिमान बुझाइएको लागु औषध ब्यूरोले जनाएको छ । पछिल्लो समय वीपी राजमार्ग लागु औषध ओसार पसारको केन्द्र बन्दै गईरहेको छ भने लागु औषध नियन्त्रण ब्यूरो बर्दिबास शाखाले आफ्नो सक्रियतालाई पनि बढाउँदै लगिरहेको छ । दैनिक जसो वीपी राजमार्गमा चल्ने साना तथा ठुला सवारीहरुमा लागु औषध प्रयोगकर्ता तथा ब्यापारीहरुले ओसार पसारको काम गर्दै आईरहेको कार्वाहीको संख्याले देखाईरहेको छ । प्रहरीले लागु औषध नियन्त्रणका लागी अझ बढी चेकजाँचलाई तिब्रता दिनुपर्ने स्थानीयहरुले बताउँदै आएका छन । 



,

0 comments

Write Down Your Responses