सिन्धुली/सिरहा, १२ कात्तिक । लागूऔषध नियन्त्रण ब्युरो र प्रहरीको संयुक्त निगरानी तथा सूचनाका आधारमा गरिएको कारबाहीमा खैरो हेरोइनसहित विभिन्न व्यक्तिहरू पक्राउ परेका छन्। प्रहरीले बरामद लागूऔषध, मोटरसाइकल तथा मोबाइल फोनसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरोबाट प्राप्त विवरणअनुसार भारतबाट मधेश प्रदेशका विभिन्न जिल्लामा लागूऔषध खैरो हेरोइन आपूर्ति भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा २०८३ कात्तिक १२ गते बिहान सिरहा नगरपालिका–१३ मल्हनियास्थित भारतको मधुवनीबाट जयनगर नाका हुँदै नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई रोक्न खोज्दा सवार व्यक्तिहरूले भाग्ने प्रयास गरेका थिए। १ राउन्ड हवाई फायर गरि
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ३१२ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पञ्चायत वडा नं. ६ का ४४ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन्। उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन, भारतीय नम्बर प्लेटको बीआर–३२४ भी७५७४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको छ।
यसैगरी, सिन्धुलीकाे सुनकाेशी गाउँपालिका-५ मुलकाेटबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागू ओैषध नियन्त्रण ब्यूराे बर्दिबासबाट खटिएकाे टाेलिले खैरो हेरोइन १ सय ग्राम सहित रूपन्देहि गैडाखवा गाउपालिका-१ का २८ बर्षिय प्रकाश थापा र सप्तरी सुरूङगा नगरपालिका-२ का २२ बर्षिय निराजन चाैधरीलाई पक्राउ गरिएकाे जनाईएकाे छ । उनिहरूले प्रयाेग गरेकाे बा प्र०२ -०३५ प २५०० नम्बरकाे माेटरसाईकल र २ थान माेवाईल समेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गरी प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

0 comments
Write Down Your Responses