सिन्धुली, १६ कात्तिक । बिपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका–१ नेपालथोकबाट लागू ओैषभ खैरो हेरोइन सहित साेमबार एक युवा पक्राउ परेका छन ।
बिपि राजमार्ग हुँदै राजधानी तथा पहाडी जिल्लाहरूमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा आइरहेका एक व्यक्तिलाई शंकाका आधारमा जाँच गर्ने क्रममा मोटरसाइकल छाडेर भाग्न खोजेपछि एक राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्ने व्यक्ति धनुषाको मिथिला नगरपालिका–४ ठेगाना भएका २९ वर्षीय मन्जित याेन्जन रहेकाे जनाईएकाे छ ।
प्रहरीका अनुसार उनको साथबाट ९०.१६० ग्राम खैरो हेरोइन, प्रदेश नं. ३–०२–००९ प १६२२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपालमा लागूऔषधको कारोबार, खरिद–बिक्री, ओसारपसार, सञ्चय तथा वितरणलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ ले निषेध गरेको छ।
उक्त ऐनको दफा १४ अनुसार अफिम, कोका वा सोबाट बनेका लागूऔषधको कारोबारमा परिमाणका आधारमा सजाय निर्धारण हुने व्यवस्था छ।
ऐनअनुसार २५ ग्रामसम्म कारोबार गरेको प्रमाणित भएमा पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
लागूऔषध कारोबार केवल प्रहरी प्रशासनको समस्या मात्र होइन, यो परिवार, समाज र सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर चुनौती हो।
यस्ता गतिविधिले विशेषगरी युवापुस्ताको शिक्षा, स्वास्थ्य, पारिवारिक सम्बन्ध र भविष्यमा नकारात्मक असर पार्न सक्छ। लागूऔषधको अवैध कारोबारले आपराधिक गतिविधि विस्तार हुनुका साथै समाजमा असुरक्षा र आर्थिक तथा सामाजिक समस्या निम्त्याई रहेकाे प्रहरीकाे सामाजिक अगुवाहरू बताउछन ।

0 comments
Write Down Your Responses