Powered by Blogger.
ओखलढुंगा सदरमुकाममा चर्काचर्की

ओखलढुंगा,२९ जेठ – भूकम्पबाट भएको क्षतिपछि राहत र पुर्नस्थापनाको अवस्था बुझ्न जिल्ला अनुगमनमा आएका राष्ट्रपति रामवरण यादव र एमाले सभासद् यज्ञराज सुनुवारबीच शुक्रबार ओखलढुंगा सदरमुकाममा चर्काचर्की भएको छ । राजनीतिक दलका प्रतिनिधिले जिल्लाको अवस्थाबारे बोले लगत्तै आफूले पनि थोरै बोल्न अनुरोध गरेका सभासद् सुनुवारलाई राष्ट्रपति यादव बोल्न रोकेपछि दोहोरो चर्काचर्की भएको हो ।
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शुक्रबार ओखलढुंगामा भएको कार्यक्रम । 

नेपाली सेनाले जिल्लाको अवस्था ब्रिफिङ गरिसकेपछि जिल्लास्थित दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए । त्यसपछि वनमन्त्री महेश आचार्यले नेपाल सरकारका तर्फबाट बोले । सभासद् तथा एमाले केन्द्रिय सदस्य सुनुवारले आफूले पनि केही कुरा राख्न चाहेको अनुरोध गरेपनि राष्ट्रपति यादवले रोकेका थिए । ‘पार्टीका नेताहरुबाट कुरा सुनिसकेकोले तपाईले किन बोल्नु’, यादवले भनेका थिए ।

बोल्न नपाएपछि आक्रोशित भएका सभासद् सुनुवारले ‘तपाई आउँदा पनि छापामार शैलीमा आउनुभयो’। बोल्ने क्रममा यादवले राष्ट्रपति भएको सातवर्ष बित्दा पहिलो पटक आफूलाई कुनै  सभासद्को व्यवहारले दुःख लागेको बताए ।



, , , , , , , , , , , , , , ,

0 comments

Write Down Your Responses