Powered by Blogger.
पिडितलाई घर बनाउन एक लाख ८५ हजार

सिन्धुली,३०जेठ – सुचना तथा संचार मन्त्रि तथा नेपाल सरकारका प्रवक्ता मिनेन्द्र रिजालले मुकम्प पिडितलाई घर बनाउनका लागि एक लाख ८५ हजार चाडै उपलब्ध गराउने बताएका छन् । 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ को नेतृत्वको  टोलीले निर्माण गरेको आठ कोठे खाङसाङ उ.मा.विको अस्थाई भवन उदघाटन गर्दै मन्त्रि रिजालले  उक्त कुरा बताएका हुन् ।

 खाङसाङ उ.मा.वि मा भएको कार्यक्रममा प्रमुख अतिथि रिजालले माहाभुकम्पमा परेकालाई अस्थायी टहरा निर्माणको लागि रु १५ हजार दिन शुरु गरिसकेको र अब चाँडै घर बनाउनका लागि एक लाख ८५ हजार चाडै उपलब्ध गराउने बताएका  ।   उनले नेपालीहरु जस्तोसुकै विपतको सामाधान पनि आफैँले गर्ने भन्दै सबैलाई पुन निर्माणमा लाग्नुपर्ने सल्लाह दिए । 

क्षेत्र नं २ का सभासद मोहन प्रसाद वरालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस सिन्धुलीका जिल्ला सचिव उपेन्द्र पोखरेलले मन्त्रि रिजाललाई माहाभुकम्पमा परेका पिडितलाई चाँडो भन्दा चाँडो सरकारले घर निर्माणको लागि दिने २ लाख उपलब्ध गराउन आग्रह गरे । उनले भुकम्पले क्षति भएका सिन्धुलीका खानेपानी, सिचाई कुलो र वर्खायाममा हुनसक्ने बाढी पहिरो नियन्त्रणको लागी तटवन्धनको लागि तुरुन्त रकम निकासा गरिनुपर्नेमा जोड दिए । साथै सचिव पोखरेलले  जिल्लाका सम्पूर्ण सडक निर्माणको लागि उपकरणको व्यवस्था र संचार सेवाकालागि ५० वटै गाविसमा  एनटिसिको टावर निर्माण गरिनुपर्ने माग गरे ।


, , , , , , , , , , , , , , ,

0 comments

Write Down Your Responses