Powered by Blogger.
कम्युनिष्टहरु पुन:निर्माणको अभियानमा

दर्जनौ विद्यालय तथा संयौं घरहरुको पुननिर्माण सकियो 
ठुलोकान्छो सार्की

सिन्धुलीयतिबेला जिल्लाका ठुला/साना सबै कम्युनिष्ट पार्टीहरु अभियानकै रुपमा जिल्लाको पुन:निर्माणमा जुटेका छन । गत बैशाख १२ गते गएको बिनासकारी भुकम्प र २९ गते गएको शक्तिशाली पराकम्पनका कारण ध्वस्त भएको भौतिक संरचनाहरुको सरसफाई र पुननिर्माणका काममा यतिवेला जिल्लाका नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी), नेकपामाओवादी, नेकपा(एकीकृत), नेत्रविक्रम नेतृत्वको माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरु सक्रिय देखिएका छन । 
सत्तापक्ष पार्टी नेकपा(एमाले) नबनिर्माणको अभियानमा जिल्लामा सवैभन्दा बढी क्रियाशिल देखिएको छ । नेकपा(एमाले) सिन्धुलीले दिएको जानकारी अनुसार जिल्लाका ११ वटा विद्यालयहरुको क्षतिग्रस्त भग्नावशेषसको सरसफाई र अस्थायी भवनको पुननिर्माणको काम सम्पनन् गरिसकेको छ भने कमलामाई नगरपालिका लगायत  ८ वटा विभिनन् गाविसहरुमा पीडितहरुका लागी १५४ अस्थायी टहराको निर्माण गरिदिने काम सम्पनन् गरिसकेको छ । 
नवनिर्माणको अभियानमा युवासंघ, अनेरास्ववियु पनि परिचालित भएका छ भने सर्लाही, महोत्तरी, धनुषा लगायत जिल्लाबाट आएको नेकपा(एमाले)को स्वयेमसेवक क्षतिग्रस्त संरचनाको पुननिर्माणमा जुटेको छ । 
जिल्लामा सवैभन्दा पहिले निर्माणको अभियान सुरु गरेको अनेरास्ववियू ५ वटा विद्यालयहरुको पुननिर्माण गर्दै सवैभन्दा अग्रस्थानमा रहेको छ । 
त्यस्तै महाविपत्ति र महाविनासलाई नवनिर्माणको अभियानमा बद्लौं भन्ने नाराका साथ पााच कम्युनिष्ट मोर्चाको पनि नबनिर्माण अभियान सिन्धुलीमा चलिरहेको छ । मोर्चामा एकीकृत नेकपा(माओवादी) नेकपामाओवादी, नेकपा(एकीकृत) रहेका छन । 
यो सयुक्त नवनिर्माण अभियानले पनि जिल्लाका ६ वटा विद्यालयहरुको पुर्ननिर्माण तथा सरसफाई गरेको छ । अभियानको नेतृत्व नेकपा(एकीकृत)का महासचिब परि थापाले गरेका छन । 
एकीकृत नेकपा(माओवादी)ले पनि निर्माणको अभियान अन्र्तगत कपिलाकोट गाविसमा ११ वटा अस्थायी घरहरु निर्माण गरेको छ । त्यस्तै नेकपामाओवादीले पनि सयुक्त अभियान बाहेक आफ्नो छट्टै अभियान पनी सञ्चालन गरेको छ । उस्ले पनि अहिले सम्म जिल्लाका ३ वटा विद्यालयहरुको पुननिर्माण गरेको जनाएको छ । 
सबै कम्युनिष्टहरुले सुरु गरेको पुन:निर्माण अभियानले बिनासकारी भुकम्पबाट पीडित जनताहरुमा सकारात्मक सन्देश दिदै गएको छ भने अभियानका कारण हजारौं विद्यार्थीहरुले आफुले अध्यन गर्ने नयाा विद्यालय पाएका छन र सायौं भुकम्प पीडित परिवारले आफ्नो जीवन गुजारा गर्ने अस्थायी घर पाएका छन । राजनैतिक पार्टीहरुको यो पुननिर्माणको अभियानले विनासकारी भुकम्पका कारण निम्तीएको समस्यासाग जुध्न सरकारलाई समेत सहज भएको छ । 
निर्माण अभियानका कमाण्डरहरु 
नेकपा(एमाले)कमलजंग राई(जिल्ला इन्चार्ज)  
पााच कम्युनिष्ट पार्टीहरुपरी थापा(महासचिब नेकपा एकीकृत)
एकीकृत नेकपा(माओवादी)हरिबोल गजुरेल(केन्द्रिय कोषाध्यक्ष)
नेकपामाओवादी: कृष्णदेव सिंह दनुवार(पोलिटव्यूरो सदस्य)
कस्ले कति निर्माण गरे
नेकपा(एमाले): विद्यालय ११, घरटहरा १५४
पााच कम्युनिष्ट पार्टी: विद्यालय ६ वटा
एकीकृत नेकपा(माओवादी): घरटहरा ११ वटा

नेकपामाओवादी: विद्यालय ३ वटा


, ,

0 comments

Write Down Your Responses