सिन्धुली सौगातसँगको १० महिना १७ दिन
पत्रकारीता
मेरो औपचारिक अध्यन
र योग्यताको विषय
होइन । योग्यता
र क्षमताको निर्माण
गर्ने कुरामा रहर
र उत्साहको महत्वपूर्ण
भुमीका हुँदो रहेछ ।
त्यसैले पत्रकारीता
गर्ने रहर र
उत्साहले बनाई दिएको
योग्यता र क्षमताले
गर्दा विगत ७
वर्ष देखी कुनै
न कुनै तरिकाले
मोफसलमा रहेर पत्रकारीता
क्षेत्रमा क्रियाशिल छु ।
जोश, जागर, उत्साह
र अवसले मानिसको
योग्यता र क्षमताको
विकास गराउने भएकाले
यी सवै कुराहरुको
संयोजन जरुरी हुन्छ ।
हामी जस्ता श्रमजीवी
पत्रकारहरुका लागी जोश,
जागर र उत्साह
आफुमा भरपर्ने विषय
हो भने अवसरका
लागी भने अरुमै
निर्भर रहनु पर्ने
बाध्यता हुदोरहेछ ।
बेपत्ता
पत्रकार चित्रनारायण श्रेष्ठ सम्पादक
रहनु भएको सिन्धुली
पोष्ट साप्ताहीकको व्यवस्थापकको
जिम्मेवारी पुरा गर्दा
देखी पत्रकारीतामा केहि
सिक्ने, जान्ने अवसर प्राप्त
भयो । २०६५
साल तिर सिन्धुली
पोष्टका सम्पादक विनोद दाहालले
पत्रकारीता सम्बन्धी धेरै विषय
सिक्ने अवसर दिनुभएको
थियो । सिन्धुली
पोष्ट साप्ताहीक विशेष
गरी मिशन पत्रकारीतामा
केन्द्रित थियो ।
राजनैतिक पार्टीको क्रियाशिल कार्यकर्ता
पनि भएकाले मेरो
पत्रकारीता व्यवसायीक भन्दा पनि
मिशन पत्रकारीताबाट सुरु
भयो ।
व्यवस्थापनको
भुमीका निर्वाह गरेपनि पत्रकारीतामा
क्रियाशिल रहने उत्साह
र जागर देखाएकाले
चित्रनारायण श्रेष्ठ प्रकाशन समुहले
२०६६ सालदेखी सिन्धुली
पोष्ट साप्ताहीकको कार्यकारी
सम्पादकको जिम्मेवारी निर्वाह गर्ने
अवसर प्रदान गरेर
मेरो पत्रकारीता यात्रालाई
थप हौसला प्रदान
गरिदियो । २०७०
सालसम्म चार वर्ष
निरन्तर सिन्धुली पोष्ट साप्ताहिकको
कार्यकारी सम्पादकको जिम्मेवारीमा रहेर
भुमीका निर्वाह गर्दा धेरै
ज्ञान हासील गर्ने
अवसर मिल्यो ।
जुन यात्राले मलाई
बिस्तारै पत्रकारीतामा परिपक्व बनाउन भुमीका
निर्वाह गर्यो ।
दोश्रो
संविधानसभाको निर्वाचन सकिए लगत्तै
पार्टीले सञ्चालन गरेका मिशन
पत्रिकाहरु आर्थिक समस्याका कारण
बन्द भए ।
पत्रिका बन्द भए
तर पत्रकारीता नै
गर्ने मेरो सोच
परिवर्तन भएन ।
प्रकाशकको अनुरोधमा सिन्धुली सौगात
राष्ट्रिय दैनीक मार्फत फेरी
मेरो पत्रकारीता सुरु
भयो । औपचारिक
रुपमा जिम्मेवारी नलिईकन
झण्डै ६ महिना
पत्रिकामा काम गरेँ
। एकीकृत माओवादी
निकट अखिल(क्रान्तिकारी)को जिल्ला
अध्यक्षको जिम्मेवारीमा पनि क्रियाशील
भएकाले राजनैतिक रुपमा कार्यकारी
जिम्मेवारी निर्वाह गरिरहेका कारण
पत्रिकामा औपचारिक जिम्मेवारी लिदा
पत्रकारीता र पत्रिकाको
निष्पक्षता माथि प्रश्न
चिन्ह खडा हुन्छ
भनेर बिना जिम्मेवारी
पत्रिकामा भुमीका निर्वाह गरेँ
।
जब
मैले २०७१ श्रावण
१ गतेबाट औपचारिक
रुपमा प्रधानसम्पादकको जिम्मेवारी
लिएँ त्यतिवेला
सम्म संगठनको जिल्ला
अध्यक्षको जिम्मेवारी छोडिसकेको थिएँ
र पत्रकारीतामा व्यवसायीक
बन्न कोशीस गर्दै
थिएँ ।
सगुन
सौगात मिडिया प्रा.ली.ले
मलाई सिन्धुली सौगातको
प्रधान सम्पादकको जिम्मेवारी दिएपछि
पत्रकारीता क्षेत्रमै क्रियाशील कतीपय
साथीहरु र बजारमा
समेत मेरो जिम्मेवारीलाई
लिएर टिकाटिप्पणी र
आलोचनाहरु भएकै थिए
। ती टिकाटिप्पणी
र आलोचनाहरुलाई गलत
सावित गर्नका
लागी सबैभन्दा बढी
मेहनत र सक्रियता
आवश्यक छ भन्ने
मेरो बुझाई थियो
। मोफसलमा चल्ने
एउँटा दैनीक पत्रिकाको
प्रधानसम्पादकको जिम्मेवारीलाई सहजतापुर्वक पुरा गर्न
सक्छु र आईपर्ने
चुनौतीहरुको सामना गर्न पनि
सक्छु भन्ने कुरामा
म दृढ थिएँ
।
प्रधान
सम्पादकको औपचारिक जिम्मा लिएको
पहिलो दिन मैले
जिल्ला विकास समितिको साढे
४ करोड बजेट
फ्रिज, डेढ हप्तामा
खर्च गरी सक्नु
भन्दै ९१ लाख
बाडियो भन्ने शिर्षको समाचार
लेखेको थिएँ ।
जुन जिल्लाको विकाससँग
सरोकार राख्ने जिल्ला विकास
समिति सिन्धुलीको लापरबाही,
सरकारी रकमको दुरुपयोग र
जिम्मेवार निकायको गैर जिम्मेवारीपनको
बिरुद्ध केन्द्रित थियो ।
फरक
ढंगले पत्रिकालाई स्थापीत
गराउन सक्दा मात्र
मैले साच्चै प्रधानसम्पादकको
जिम्मेवारी पुरा गरेको
पुष्टि हुन्थ्यो । त्यसैले
मैले सिन्धुली सौगातलाई
फरक ढंगले पाठकहरुको
बीचमा स्थापीत गराउन
निष्पक्ष पत्रकारीता गर्नु जरुरी
थियो । म त्यही अभियानमा नै
क्रियाशिल रहेँ ।
कहिले
राजनैतिक दल, कहिले
प्रशासन, कहिले सामाजिक संघ
सस्था देखी हरेक
क्षेत्रमा हुने भ्रष्टाचार,
अनियमितता, ढिलासुस्ती, गैर जिम्मेवारीपनका
बिरुद्ध निरन्तर कमल चलाई
रहेँ । एउँटा कुशल पत्रकार र पत्रिकाले कहिल्यै कुरा चपाउँने गर्नु हुँदैन, पत्रकार र पत्रिका उस्को जीवनमा सैनिक भन्दा सतर्क, डाक्टर भन्दा होसीयार, न्यायधीश भन्दा न्यायीक, शिक्षकको पनि गुरु, नेता भन्दा संगठक, खेलाडी भन्दा रणनैतिक, जासुस भन्दा चनाखो, वैज्ञानिक भन्दा खोजकर्ता, साहित्यकार भन्दा शव्दको उपाशक हुनुपर्दछ भन्ने लेनिनको भनाईलाई मैले
सधै स्मरण गर्ने
गरेको छु ।
जस्ले
पत्रकार र पत्रिकालाई
कमजोर बनाउन प्रयत्न
गरे उनीहरु नै
गले तर सिन्धुली
सौगात र प्रधानसम्पादक
कहिल्यै गलेन ।
जनतालाई निष्पक्ष समाचार सम्प्रेषण
गर्ने कुरामा चट्टान
झै अडिग बनेर
लागीरहयौं । यो
१० महिना १७
दिन अन्यायको अगाडि
सिन्धुली सौगात र प्रधान
सम्पादक कहिल्यै झुकेन, बैरिहरुसँग
कहिल्यै गलेन बरु
अझ स्पात झै
खरो बनीरह्यो ।
१०
महिना १७ दिनपछि
स्वेच्छीक रुपमा प्रधान सम्पादकको
जिम्मेवारीबाट बिदा लिएको
छु । प्रधान
सम्पादकको जिम्मेवारीबाट बिदा लिएपनि
पत्रकारीता छोडेको छैन ।
प्रधानसम्पादको जिम्मेवारीबाट अबकास लिदैमा पत्रिका
कमजोर हुन्छ वा
मेरो पत्रकारीता कमजोर
हुन्छ भन्ने अर्थमा
नबुझिदिनुहुन सवैलाई आग्रह गर्दछु
। मलाई आशा
र विश्वास छ
सिन्धुली सौगात आउँदा दिनमा
पनि बैरिहरुको लागी
कालनै हुनेछ । म
तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु
जुन स्तरबाट मेरो
कलम चलिरहेको थियो
अझ त्यो भन्दा
माथिबाट निरन्तर चलाईरहने छु
। मेरो पत्रकारीतालाई
कमजोर बन्न दिने
छैन । तपाई
पाठकहरु माँझ पत्रकारीताको
नयाँ माध्यम मार्फत
चाडै भेटघाट हुने
नै छ ।
मोफसलमा
पत्रकारीता गरेर जीवन
गुजारा चलाउनु असाध्यै कठिन
छ । ठुला
मिडीयाका पत्रकार हुन नसक्नु
र मोफसलका मिडियाका
पत्रकार भएर बाच्नु
असाध्यै कठिन र
जटील छ । व्यवसायीक हिसाबले मोफसलका
मिडियाको अवस्था पनि निक्कै
कमजोर छ । जस्ले गर्दा कि
बन्द गर्नुपर्ने कि
ऋण गरेर मिडिया
सञ्चालन गर्नुपर्ने बाध्यता छ
। पत्रकारीता गर्ने
जोश, जागर र
उत्साह भएका तर
आफ्नै मिडिया नभएका
पत्रकारहरुका लागी त
झनै समस्या छदैछ
।
कहिले
आफैले साप्ताहीक पत्रिका
चलाउँदै त कहिले
अरुले दिएको अवसरलाई
उपयोग गर्दै झण्डै
७ वर्षको पत्रकारीता
यात्रा समग्रमा उपलब्धीमुलक र
उत्साहजनक नै रहेको
मेरो बुझाई छ
। यो उपलब्धी
र उत्साहलाई निरन्तर
तपाईहरुसँग जोडिरहने प्रतिबद्धता गर्दछु
। तपाईहरुको मायाँ
र हौसलाले निर्माण
भएको पत्रकारीताको योग्यतालाई
अझ बढी सुदृढ
बनाउन कुनै न
कुनै माध्यम मार्फत
तपाई पाठकहरुको बीचमै
रहने छु ।
सिन्धुली सौगातसँगको औपचारिक १०
महिना १७ दिन
मेरो लागी र
पत्रिकाको लागी पनि
उपलब्धीमुलक नै भएको
म आफ्नो ठम्याई
छ । पत्रकारीतामा
धेरै ज्ञान हासील
गर्ने अबसर दिनुभएकोमा
सगुन सौगात मिडिया
प्रा.लि.प्रति
सधै सम्मान छ
। धन्यवाद ।
बुद्धकुमार आछामी, ठुलो कान्छो सार्की(पुर्व प्रधान सम्पादक, सिन्धुली सौगात राष्ट्रिय दैनीक)
0 comments
Write Down Your Responses