Powered by Blogger.
गर्मीका कारण सिन्धुलीमा पनि विषालु सर्पको प्रकोप


सिन्धुली, ३१जेठ  – गर्मी  बढेसंगै भित्री तराईमा पर्ने सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा विषालु सर्पको प्रकोप देखिएको छ ।

विगतमा सर्पको प्रकोप नभएको सिन्धुलीमाडीमा यस वर्ष अत्यधिक गर्मी भएका कारण बैरी करेत सर्पहरु निस्कन थालेको वातावरणविदहरुको तर्क रहेको छ ।

सिन्धुलीमाडीको रातमाटा,राममाडी,पानीट्यांकी लगाएतका स्थानहरुमा सानो आकारको वैरी करेत सर्प रातीको समयमा निस्कने गरेको र कतिपय सर्पहरु मानिसहरुले मार्ने गरेको स्थानीय सीता मगरले   बताईन् ।
रातीको समयमा हिडने र सानो आकारको सर्प वैरी करेत सबैभन्दा विषालु सर्प हो । यसले मानिसहरुलाई डसेमा आधा घण्टाको समय सम्म उपचार हुन नसके ज्यान जाने सर्प विज्ञहरुको तर्क रहेको छ ।

गर्मीका कारण सिन्धुलीमाडीमा सर्पको विगविगी बढेको अवस्थामा सर्पदंश उपचार केन्द्रको समेत आवस्यक्त खडकिएर गएको छ ।

वातावरणविदहरुका अनुसार तराईमा अत्यधिक गर्मीका कारण सर्प र विच्छीहरुले समेत भित्री तराई र पहाडी क्षेत्रमा आफ्नो वास स्थान बनाउन थालेपछि सर्पै र विच्छीहरुको प्रकोप पहाडी क्षेत्रहरुमा समेत बढेर गएको बताईएको छ ।
करिव २ वर्ष अगावी सिन्धुलीको भद्रकाली गाविसको चियावारी आसपासका क्षेत्रमा गोमन सर्पको विगविगी देखिएको थियो ।





, , , , , , , , , , , , ,

0 comments

Write Down Your Responses