Powered by Blogger.
एउटै बोकाबाट ५० हजारसम्म आम्दानी

राजन गाउँले
सिन्धुली ३१, जेठ – यहाँका एक किसान एउटै बोकाबाट ५० हजार रुपैयाँ सम्म आमदानी लिन सफल भएका छन् ।कमलामाई नगरपालिका–४, चिसापानीकी किसान भिमकुमारी थामीले उन्नतजातको एउटै बोकोबाट पचास हजार रुपैयाँ आम्दानी लिएका हुन् ।

व्यावसायीक रुपमा बाख्रापालन गर्दै आएकी थामीले पालेको उन्नतजातको व्याड बोको शुल्क र बोकाको विक्रीबाट पचास हजार रुपैयाँ आम्दानी लिएकी हुन् । 
थामीले पालेको उन्नतजातको बोका । तस्विर :राजन गाउँले, 

‘दुई वर्ष सम्ममा बोकोको ब्याड शुल्कबाट २५ हजार रुपैयाँ लिएको थिए,’ शनिबार सिन्धुलीमाढीमा बोका विक्रीका लागि आएकी किसन थामीले भनिन्, ‘अहिले २५ हजारमा बोका विक्री गर्दै छु ।’

एउटा बाख्रालाई ब्याड लगाएको तिन सय रुपैयाँ लिने गरेको उनको भनाई छ । ‘अहिलेसम्म झण्डै सयबढी किसनका बाख्राहरुमा ब्याड लगाइसके । उनिहरुबाट तिनसयका दरले २५ हजार रुपैयाँबढी आम्दानी लिइसकेको छु । अहिले २५ हजार रुपैयाँमा तेही बोको विक्रीका लागि टुंगो टांगी भयो,’ उनले थपीन् ।

ब्याड र बोकाको मुल्य गरेर ५० हजार रुपैयाँबढी लिएको उनले बताइन् । उन्नत जातको बोका भएकाले पनि गाउँघरका सबैले बाख्रा ल्याउने गरेको उनले जनाइन् ।

‘मैले सुरुमा सात हजार रुपैयाँमा ब्याहुने बाख्रा ल्याएको थिए । त्यसले बोका पायो । त्यहि बोकाले अहिले पचास हजार रुपैयाँसम्म आम्दानी दिन सफल भयो । सातहजारमा किनेको बाख्रा छदै छ । त्यसले पनि झण्डै चालिस हजारको पाठनपाठी अरु जन्माइ सकेको छ,’ उनले भनिन् ।

एउटै बोकाबाट ५० हजारसम्म आम्दानी गर्दा निक्कै खुसी भएकाी थामीले बोको विक्रीबाट फेरी अर्को सानो बोको किनेर पाल्ने सोँच बनाएकी छिन् । 

‘अहिलेको बोको झण्डै तिन वर्ष भयो होला, बुढो पनि हुँदै गयो । अब यो विक्री गरेर अर्को यस्तै उन्नत जातको बोका बिनेर फेरी यसरीनै ब्याड पालेर आम्दानी लिने सोच बनाएकी छु,’ थामीले भनिन् ।

घरमै बसेर यसरी एउटै बोकाबाट यत्तिको रकम आम्दानी गर्न सकिने भएपछि उनले बाख्रालाई ब्यावसायिक पालन गर्ने तयारी पनि गरेकी छिन् । उनले भनिन्, ‘हामी जस्ता लेखपढ नभएकाहरुले पनि घरमै बसेर राम्रो आम्दानी गर्न सकिने रहेछ । अब अरु पनि बाख्रा पाल्ने तयारी गरेकी छु । थोरै दुःख गर्दा विस पचास हजारले खाँचो नहुने रहेछ ।’




, , , , , , , , , , , , ,

0 comments

Write Down Your Responses