Powered by Blogger.
शनिवार राहत सामाग्री बितरण

सिन्धुली,३० जेठ – कारितास नेपालले सिन्धुली जिल्लाको अमले  गाबिसमा शनिवार राहत सामाग्री बितरण गरेको छ । रिलिफ नेपाल सिन्धुली र सामुदायीक बिकास तथा पैरबि मन्चको साझेदारीमा सामाग्री बितरण गरिएको हो ।

अमले गाबिसको कुल ४५४ घर संख्यामद्ये ३२८. घरधुरीलाई खाद्यान्न तथा अस्थाई बसोवास सामाग्री र १२६ घरधुरीलाई अस्थाइ बसोबास सामाग्री बितरण गरिएको रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलले बताए ।  

कार्यालयले ध्वस्त, क्षतिग्रत र सामान्य सहित क्षतिलाई तीन बर्गमा बिभाजन गरि सामाग्रीको बितरण गरेको हो । यसअघि कारितास नेपालले रिलिफ नेपाल तथा सामुदायीक बिकास तथा पैरबि मन्चसंगको साझेदारीमा जिल्लाको हत्पते, तामाजोर शान्तेश्वरी, नेत्रकाली,  हरहरपुरगढी,महेन्द्रझ्याडि, पिपलमाढी, बस्तिपुर गाबिसमा राहत बितरण गरिसकेको जनाएको छ । हत्पतेमा ८२, तामाजोरमा ५००, शान्तेश्वरीमा ५०३, नेत्रकालीमा ६९४ र हरीहरपुरगढीमा ५६९, महेन्द्रझ्याडिमा १हजार ६६, पिपलमाढीमा १३ सय ९२, बस्तिपुरमा ६ सय २३ घरधुरीलाई यसअघि नै राहत बितरण गरिसकेको पौडेलले जानकारी दिनुभयो । सिन्धुलीको १० गाबिसमा जम्मा ६ हजार ५ सय ३९ त्रिपाल,  ५ हजार ३ सय ४२ गुन्द्रि, ७१ हजार २ सय १० मिटर डोरी, ७ हजार १ सय १९ कमल, ७ हजार ४८ किलो दाल, ३ हजार ५ सय २४ नुन किलो, ७ हजार ४८ लिटर तेल र ३० किलोको ३५ सय ४० बोरा चामल  बितरण गर्ने लक्ष्य रहेको छ ।

 सिन्धुली जिल्लाको  नेत्रकाली, शान्तेश्वरी, हत्पते , तामाजोर, हरिहरपुरगढी, महेन्द्रझ्याडि, पिपलमाढी , बस्तिपुर, अमले र बाशेश्वर गाबिसका कुल ६ हजार ५ सय ३९ घरधुरीलाई राहत बितरण गर्ने लक्ष्य रहेको कारितास नेपाल काठमाण्डौंका ईन्द्र बिकले जनाए ।   

आइतबार सिन्धुलीको बाशेश्वर गाबिसका ६९० घरधुरीमद्ये ३६६ घरधुरीलाई खाद्य सामाग्री तथा अस्थाई बसोबास र ३ सय ५४ घरधुरीलाई अस्थाई बसोबास सामाग्री बितरण गरेसँगै १० गाबिसमा राहत बितरण गर्ने कार्यक्रम सम्पन्न हुने बिकको भनाई छ । 

त्यस्तै भुकम्प प्रभाबितहरु २ बिद्यालयका बिद्यार्थीहरुलाई हिजो रिलिफ नेपालद्धारा स्टेशनरी, राहत तथा खेल सामाग्री बितरण गरिएको छ । सिन्धुलीको तिनकन्या गाबिसको रानीखोलामा अवस्थित २ बिद्यालयका ३२८ जनालाई करिब २ लाख बराबरको सामाग्री बितरण गरिएको हो । 


, , , , , , , , , , , , , ,

0 comments

Write Down Your Responses