Powered by Blogger.
१६ बुँदे सहमतिप्रति असन्तुष्ट



काठमाडौँ,३० जेठ – मुख्य चार दलका बीच संविधानका विषयमा भएको १६ बुँदे सहमतिप्रति असन्तुष्ट ५ दलले शनिबार बिहान राष्ट्रपति डा. रामवरण यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । यी ५ दलले शुक्रबारको संविधानसभा बैठक बहिस्कार गरेका थिए ।

संविधानको धारा १३८ ले प्रदेशको सीमाबारे संविधानसभाले टुंग्याउने व्यवस्था गरेकोमा प्रदेश सभाले टुंग्याउने गरी सहमति गरिएकाले यो सहमति असंवैधानिक भएको जिकिर गर्दै उनीहरुले राष्ट्रपतिलाई ज्ञापन दिएका हुन् । ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले संविधानबारे उठ्ने प्रश्नहरुबारे आफ्नो चासो रहने बताएका थिए । राष्ट्रपतिले यसबारे शीर्ष नेताहरुसँग कुरा गर्ने आश्वासन दिएको ज्ञापन बुझाउन गएका सद्भावना अध्यक्ष राजेन्द्र महतोले  बताए ।

बिहान ९.३० मा ज्ञापन बुझाउन सितल निवास पुगेको टोलीमा मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी अध्यक्ष अशोक राई र रामसपाका नेता रामनरेश यादवलगायत थिए ।






, , , , , , , , , , , , , ,

0 comments

Write Down Your Responses