Powered by Blogger.
विश्वकप छनोट: पहिलो खेलमा नेपालले आज अमेरिकाको सामना गर्दै

काठमाडौँ, असार २५ –आइसिसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा आज नेपाल संयुक्त राज्य अमेरिकाको सामना गर्दै मैदानमा उत्रने भएको छ ।
हिजोदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाली टोलीले ७ बजे आयरल्यान्डको बेलफास्टमा अमेरिकाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।
 नेपाल र अमेरिकाबीच अहिलेसम्म १९ खेल भएको छ । जसमा नेपालले ११ खेल जितेको छ । ट्वान्टी ट्वान्टीमा भने सन् २०१३ को विश्वकप अघि भएको अभ्यास खेलमा नेपाललाई अमेरिकाले ५ विकेटले हराएको थियो ।
प्रतियोगितामा विभिन्न १४ राष्ट्रको सहभागिता छ ।
नेपालले समूह चरणको खेलमा अमेरिकासहित हङ्कङ, पपुवा न्युगिनी, आयरल्यान्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, प्रतियोगिताको समूह ‘बी’ मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स (युएई), स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।
उक्त प्रतियोगितामा शीर्ष छ भित्र पर्न सके नेपालले विश्वकप खेल्ने मौका पाउनेछ । त्यस्तै प्रतियोगितामा शीर्ष छ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।


,

0 comments

Write Down Your Responses