कडा सुरक्षा बीच मस्याैदा माथी सुझाब संकलन
बैद्य माओवादीद्धारा कार्यक्रम स्थलमा नाराबाजी
बुद्धकुमार
आछामी
सिन्धुली/४
श्रावण/ कडा सुरक्षा व्यवस्था वीच नागरीक सम्बन्ध तथा संविधान सुझाब समितिले आज
सिन्धुलीमाढीमा संविधानको पहिलो मस्यौदा माथी जनताको सुझाब संकलन गरेको छ ।
संविधानको
पहिलो मस्यौदा माथी जनताको सुझाब संकलन गर्न आएको संसदीय टोलीले आयोजना गरेको
कार्यक्रम स्थल कमला उच्च माविमा पुगेर संविधानसभाको निर्वाचन बहिस्कार गरेको
बैद्य माओवादीले कार्यक्रमको बहिस्कार गर्दै नाराबाजी गरेको छ ।
मस्यौदा
माथी सुझाब संकलनका लागी सिन्धुली निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित सभासद मोहन
प्रसाद बराल प्रमुख अतिथीको रुपमा सहभागी रहेका थिए ।
कार्यक्रममा
सहभागीहरुले संविधानको मस्यौदा माथी सुझाब दिनुको औचित्य बारे नै सभासदलाई प्रष्ट
पार्न माग गरेका थिए । जनताले जति उतकृष्ट सुझाब दिएपनि संविधानको मस्यौदामा थपघट
नहुने आंशका व्यक्त गर्दै सहभागीहरुले अहिलेको मस्यौदा माथीको सुझाब संकलन गर्ने
कार्यक्रम औपचारिक मात्र भएको बताए । उता सुझाब दिनका लागी पुगेका स्थानीयहरुले
शौहार्दपूर्ण ढंगले सुझाब दिन नपाएको बताएका छन । गाविस भरिका जनताहरुसँग सुझाब
संकलन गरी तयार पारेर आएका भद्रकाली गाविसका सचिब गोविन्द प्रसाद कोइरालाले आफुले
सुझाब दिन नपाएको बताए । सुझाब संकलन गर्ने कार्यक्रममा आफुलाई अपमान गरिएको समेत
कोइरालाको भनाई छ ।
कार्यक्रममा
नेपाली काग्रेसका उपेन्द्र कुमार पोखरेल, नेकपा(एमाले)का केशव देवकोटा, एकीकृत माओवादीका ज्वाला प्रसाद न्यौपानेले मस्यौदा माथि आफ्नो
पार्टीको तर्फबाट सुझाब र धारणा व्यक्त गरेका थिए ।
कमला उमाविमा
गरीएको उक्त सुझाब संकलन कार्यक्रम निक्कै कडा सुरक्षा व्यवस्था बीच भएको थियो ।
प्रहरी तथा शसस्त्र प्रहरी ठुलो संख्यामा कार्यक्रम स्थलमा तैनाथ गरिएको थियो ।
त्यस्तै
सोमबार नै निर्वाचन क्षेत्र नं.१ अन्र्तगत दुधौली नगरपालिकामा पनि जनताको सुझाब
संकलन गरिएको छ । सुझाब संकलन गर्न १ नं.निर्वाचन क्षेत्रकै निर्वाचित सभासद गणेश
पहाडी दुधौली पुगेका छन । उता सिन्धुली ३ नं.निर्वाचन क्षेत्र अन्र्तगत कपिलाकोट
गाविसमा पनि सोमबार नै सुझाब संकलन गर्ने कार्यक्रम सम्पनन् हुँदै छ । उक्त ठाउँमा
जनताको सुझाब संकलन गर्नका लागी सभासद हरिबोल गजुरेल पुगेका छन ।
0 comments
Write Down Your Responses