माधव नेपालमाथि आक्रमण गर्नेलाई नछाड्ने एमालेको चेतावनी
४ साउन, काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपालमाथि रौतहटको गौरमा मधेस केन्द्रित केही दलका व्यक्तिले आक्रमण गरेको भन्दै आक्रमणकारीमाथि कारवाहीको माग गरेको छ । एमालेले अर्थमन्त्री डा. रामशरण महतमाथिको आक्रमणको पनि भर्त्सना गरेको छ ।
सुझाव रोक्न खोज्नेहरु लोकतन्त्र विरोधी

गौरमा केही मधेसकेन्द्रित दलका कार्यकर्ताको आक्रमणमा एमालेका कार्यकर्ता घाइते भएको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा शिवशङ्कर यादव, मनोज सिंह, बैजनाथ सहनी, विनोद पटेल, पारस हुसैन, निरज सिंह र किशोर पटेल लगायत व्यक्तिहरू घाइते भएका छन् ।
बिचलित नहुन आग्रह
एमालेले भनेको छ, ‘यस्ता अराजक तत्वहरूबाट जनताको रायसुझाव सङ्कलन कार्य अवरुद्ध हुन नदिन तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । कुनै पनि होहल्ला, उत्तेजना र गैरजिम्मेवार अभिव्यक्तिहरूबाट प्रभावित र विचलित नभइ उच्च मनोबल र संयमताकासाथ सक्रियतापूर्वक आफ्ना रायसुझाव प्रस्तुत गर्न र ‘हाम्रो संविधान, राम्रो संविधान’ बनाउने ऐतिहासिक अभियानमा व्यापकरूपमा सहभागी हुन आम जनसमुदायमा हार्दिक आह्वान गर्दछ ।’
0 comments
Write Down Your Responses