Powered by Blogger.
विप्लवका कार्यकर्ता र प्रहरीबीच दाङमा झडप

प्रहरी नायब निरीक्षकसहित ६ घाइते
दाङ, साउन ४ – सुझाव संकलनका लागि पुगेका सभासद्लाई अवरोध गर्न खोज्दा नेकमा माओवादी (विप्लप) समूह र प्रहरीबीस्च झडप भएको छ । पश्चिम दाङको श्रीगाउँमा सभासद् दिपक गिरी र सारदा स्वर्णकार मस्यौदा लगेर पुगेपछि विप्लवका कार्यकर्ताले नाराबाजी गरेका थिए ।
लिपुलेकसँग साटेको संविधान चाहिँदैन, १६ बुँदे सहमति खारेज गर, जनताको संविधान निर्माण गर भन्ने नाराबाजी गर्दा प्रहरी र माओवादी कार्यकर्ताबीच दोहोरोझडप भएको स्थानीयले बताएका छन् ।
झडपका क्रममा माओवादीका ५ जना कार्यक्रर्ता घाइते भएको नेकपा माओवादी दाङका सेक्रटरी बलबहादुर वली शितलले जानकरी दिएका छन् । माओवादीका कार्यकर्ताले हानेको ढुङ्गाले लागेर प्रहरी नायव निरीक्ष हस्तबहादुर बस्नेत घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।


,

0 comments

Write Down Your Responses