Powered by Blogger.
प्रचण्ड सहभागी कार्यक्रममा ढुंगामुढा

४ साउन, काठमाडौं । संविधानको नयाँ मस्यौदामा जनमत संकलन गर्न आफ्नो निर्वाचन क्षेत्र सिरहा पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको कार्यक्रममा ढुंगामुढा भएको छ ।
भारतको साताब्यापी भ्रमण सकेर सोमबार काठमाडौं आए लगतै एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नो चुनाव क्षेत्र सिराहा ५ पुगेका थिए । उनी हेलिकोप्टरबाट सिराहा पुगेका थिए ।
सुझाव संकलन गर्न प्रचण्ड आउने थाहा पाएपछि संघीय समाजवादी फोरमले सभासद वीरेन्द्र महतोको संयोजकत्वमा कमिटी नै गठन गरेको थियो ।
प्रचण्ड मिर्चैयास्थित मोहन उच्च माविको मञ्चमा पुगे लगतै बाहिर रहेका प्रदर्शनकारीले कालोझण्डा देखाउनुका साथै कार्यक्रम स्थलमा ढुंगामुढा गरे ।
आन्दोलनकारीले कार्यक्रम नै विथोल्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका क्रमममा डीएपपी माधव बुढाथोकीसहित सात प्रहरी पनि घाइते भएका छन् ।


,

0 comments

Write Down Your Responses