Powered by Blogger.
म्यानमार सेनाले भन्यो-विपक्षीको जित पनि स्वीकार्य

४ साउन, काठमाडौं । म्यानमारको सेना प्रमुखले आगामी चुनावमा विपक्षी दलले निश्पक्ष रुपमा जित हात पारे नतिजालाई सम्मान गर्ने बताएका छन् ।

सेना प्रमुख मिन आङ हृलाइगले बीबीसीलाई दिएको अन्तर्वार्तामा म्यानमारको विद्रोही गुटसँग शान्तिको वातावरण नबनेसम्म देशको राजनीतिमा सेनाको भूमिका रहने बताए ।
नोभेम्बरमा हुने आम चुनावमा नोबेल पुरस्कार विजेता आङ साङ सुचीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले जित हात पर्ने अड्कलबाजी गरिएको छ ।
तर, बर्माको संविधानले सूचीलाई राष्ट्रपतिको चुनाव लड्न प्रतिवन्ध लगाइएको छ । सूचीको पार्टीले १९९० को चुनाव जितेको थियो तर, सेनाले सत्तामा आउन दिएन ।
म्यानमारमा अहिले सैनिक शासनको स्थानमा सेना समर्थित सरकारले काम गरिरहेको छ ।


,

0 comments

Write Down Your Responses