Powered by Blogger.
अब अनलाइनबाटै स्वास्थ्य सेवा किन्न सकिने

४ साउन, काठमाडौ । अब अनलाइनबाटै स्वास्थ्य सेवा किन्न सकिने भएको छ । फेन्टास्कि नेपाल होलिडेज प्रालिले “हेल्थ फर लाइफ” नाम गरेको नयाँ सेवा बिस्तार गर्दै अनलाइनबाटै स्वास्थय परीक्षण सेवा किन्न सकिने ब्यवस्था मिलाएको हो ।
कम्पनीको वेबसाइट www.healthforlifenepal.com तथा www.healthforlifenepal.com बाट नेपालमा बस्ने परिवारजन तथा साथीभाईहरुको लागि नियमित स्वास्थ परिक्षण सेवा किन्न सकिने जनाइएको छ ।
स्वास्थ्य सेवाहरु उपहारको रुपमा पनि दिन सकिने कम्पनीले जनाएको छ । जन्मदिन वा ऐनिभर्सरी जस्तो अवसर पारेर आˆना पि्रयजनहरुलाई यो अमुल्य उपहार दिन सकिनेछ ।
कम्पनीले विशेषज्ञसँगको अपोइन्टमेन्ट, परामर्श, परिक्षण केन्द्र पुर्‍याउने, स्वास्थ परीक्षण गराउने सुविधाहरु उपलव्ध गराउने जनाएको छ । कम्पनीले अहिले विस्तृत सेवा,नियमित सेवा, मुटु सम्बन्धि सेवा र महिला विशेष सेवा गरी ४ वटा स्वास्थ सेवाहरु उपलव्ध गराएको जनाएको छ ।
हाल सबै स्वास्थ परिक्षणहरु आइएसओ सर्टिफाइड ँएडभान्स पोलिक्लीनीकू, लाजिम्पाटमा गरिने कम्पनीले जनाएको छ । स्वास्थ सेवाहरु किन्नको लागि भिजा, मास्टर कार्ड, डिस्कभर, अमेरीकन एक्सप्रेस प्रयोग गर्न सकिने कम्पनीका अपरेसन मेनेजर कोशिश बुढाथोकीले बताए ।


,

0 comments

Write Down Your Responses