Powered by Blogger.
संविधानको मस्यौदामाथि सुझाव बटुल्दै एनआरएन

कोलोराडो । नयाँ संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न गैरआवासीय नेपाली संघ -एनआरएनए) विभिन्न मुलुकमा सक्रियतापूर्वक लागेको छ । मस्यौदामाथि एनआरएन तथा प्रवासी नेपालीहरुको सुझाव लिन एनआरएनएका पदाधिकारीहरु कस्सिएका हुन् ।



संविधानमा प्रवासीको सुझाव र राय संगट्ने उद्देेश्यले एनआरएन/आईसीसीका उपाध्यक्ष भवन भट्ट कोलोराडो आइपुगेका छन् । एनआरएन कोलोराडो च्याप्टरले आईतबार बिहान बोल्डरमा आयोजित अन्तरक्रिया कार्यक्रमका प्रवासी नेपालीले सुझाव प्रस्तुत गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा एनआरएन/आईसीसीका उपाध्यक्ष भट्टले नेपालमा भूकम्पपछि राष्ट्रले प्रवासी नेपालीहरुप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको, एक पटमको नेपाली सधैको नेपाली भन्ने नियम लागू गर्दा विदेशमा जन्मेका हाम्रा सन्ततीलाई असर पर्ने, द्धयल नागरीकता तथा परिचयपत्र हुँदा नेपालबाट पाउने सुविधाबाट वन्चित हुनुपर्ने जस्ता भनाई राखेका थिए ।

एनआरएन/आईसीसीले ४० करोड राहात संकलन गर्ने लक्ष लिएकोमा २५ करोड संकलन भईसकेको भन्दै संस्थाले एक हजार मोडल घर बनाउने घोषणा गरेको उनले बताए ।

उपाध्यक्ष भट्टले आफु चाईना जांदाको एक घटनाले गर्दा देश धनि भएमात्र हाम्रो पहिचान हुदो रहेछ भन्ने शिक्षा पाएको कारण आफु मातृभूमि निर्माणको अभियानमा लागेको बताउदै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

उपाध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागी वक्त्ताहरुले एक पटकको नेपाली सधैको नेपाली, विश्वभर रहेका सवै प्रवासीहरुलाई एकै किसिमको नियम कानून, राष्ट्रले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने जस्ता धारणा व्यक्त गरे ।
एनआरएन/आईसीसी अमेरिकाका सहकोषाध्यक्ष प्रकाश सापकोटा, नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिक, नेपालीघरका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठ, लगायतका विभिन्न संघ संस्थामा आवद्ध एक दर्जन भन्दा बढि व्यक्तिले सुझाव दिएका थिए ।


,

0 comments

Write Down Your Responses