Powered by Blogger.
गुगल क्रोमभन्दा ११२ गुणा तिव्र गतिको ब्राउजर ल्याउँदै माइक्रोसफ्ट

एक अध्ययन अनुसार विश्वमा अहिले प्रचलनमा रहेका वेब ब्राउजर मध्ये गुगलको क्रोम वेब ब्राउजर सबैभन्दा लोकप्रिय ब्राउजर हो ।
तर क्रोमको यो लोकप्रियतालाई माइक्रोसफ्टले ल्याउन थालेको नयाँ वेब ब्राउजरले छायाँमा पार्ने देखिएको छ ।
कुनै जमानाको नम्बर वान वेब ब्राउजर इन्टरनेट एक्स्प्लोररको ठाउँमा माइक्रोसफ्टले ल्याउन लागेको नयाँ वेब ब्राउजर एजले गुगल क्रोमको बजार कब्जा गर्ने अपेक्षा गरिएको छ ।
माइक्रोसफ्टको विन्डोज १० का लागि तयार पारिएको वेब ब्राउजर एजका लोभलाग्दा विशेषताहरु माइक्रोसफ्टले सार्वजनिक गरेको छ ।
माइक्रोसफ्टको विन्डोज इनसाइडर प्रोग्रामका प्रमुख ग्याबे अउलले बुधबार एक ब्लग पोष्ट मार्फत माइक्रोसफ्ट एजको ‘बेन्चमार्क परीक्षणको नतिजा’ घोषणा गरेका छन् ।
माइक्रोसफ्टको एजको कार्यक्षमता गुगल क्रोमभन्दा निकै उच्च हुने देखिएको छ तर रोचक कुरा के भने माइक्रोसफ्टले एप्पल तथा गुगलले नै सिर्जना गरेको मापदण्ड प्रयोग गरेको छ ।
एजको परीक्षणका लागि माइक्रोसफ्टले गुगल अक्टेन, एप्पल जेटस्टि्रम तथा वेबकिट सनस्पाइडरको प्रयोग गरेको छ । वेबकिट पनि एप्पलकै टोलीले तयार पारेको बेन्चमार्क हो जुन एप्पलको सफारी ब्राउजरको आइओएस, म्याक तथा विन्डोज भर्सनका लागि तयार पारिएको हो ।
परीक्षणका क्रममा वेबकिट सनस्पाइडरमा माइक्रोसफ्टको एज ब्राउजर गुगललको क्रोमभन्दा १ सय १२ गुणा फास्ट पाइएकेा छ । गुगल अक्टेन बेन्चमार्कमा क्रोमभन्दा एज ११ गुणा फास्ट तथा एप्पल जेटस्टि्रममा ३७ गुणा फास्ट पाइएको दाबी माइक्रोसफ्टले गरेको छ ।
अउलले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘हामी यो कार्यक्षमता प्रदर्शनको प्राप्तिका कारण खुसी छौँ र हामीलाई आशा छ तपाइँले माइक्रोसफ्ट एजमा अन्य धेरै उत्तम फिचर्सहरु सँगै तिब्र ब्राउजिङको मज्जा पनि लुट्न सक्नुहुनेछ ।’
यदि यो नजिता सही ठहरिएमा माइक्रोसफ्टको एज ब्राउजर अब छिटै विन्डोज प्रयोगकर्ताको एकमात्र रोजाइ बन्ने पक्कापक्की छ । एजको यो क्षमता प्रदर्शनबाट गुगललको क्रोममा पनि नयाँ आविष्कार तथा सुधारका लागि बाध्य बनाउने अपेक्षा गरिएको छ । एज ब्राउजर लगायतका विभिन्न नयाँ फिचरहरुकै कारण यो वर्षको अन्त्यतिर सार्वजनिक हुने विन्डोज १० आफ्नो कम्प्युटरमा डाउनलोड गर्न धेरै प्रयोगकर्ताहरु तछाडमछाड गर्ने देखिएको छ । विन्डोज ७ र विन्डोज ८ प्रयोगकर्ताका लागि माइक्रोसफ्टले विन्डोज १० निशुल्क डाउनलोड गर्न सकिने व्यवस्था गर्दैछ ।


,

0 comments

Write Down Your Responses