Powered by Blogger.
५ खानेकुरा, जसले घटाउँछ बुढोपनाको असर

उमेर जबजब बढ्दै जान्छ, त्यसको सबैभन्दा बढि असर अनुहारमा देखा पर्न थाल्दछ । अनुहारमा छिप्पिँदो उमेरसँगै देखापर्ने बुढ्यौलीका लक्षणहरु हटाउन वा लुकाउनका लागि मानिसहरुले विभिन्न खाले क्रिम, लोशनमा मात्र होइन सुइको समेत सहारा लिन्छन् । यस्तो उपचारले चढ्दो उमेरसँगै देखिएका लक्षणहरु केही मात्रामा लुकाइदिने काम त गर्दछ तर यस्तो प्रयोगका विभिन्न साइड इफेक्ट हुन्छन् । त्यसैले बढ्दो उमेरसँगै बुढ्यौलीका लक्षण देखिनु प्राकृतिक नियम हो भन्ने कुरालाई स्विकार गर्दै व्यायाम तथा खानपानमा ध्यान दिनेहो भने कम उमेरमै बुढो देखिने समस्या कम हुनसक्छ । बुढ्यौलीका लक्षण कम गर्ने केही खानेकुराहरु यस्ता छन्-
ओखर- ओखरमा पाइने ओमेगा थ्री फ्याट्टी एसिडले कपाललाई हाइड्रेड गर्दछ र भिटामिन इ ले कपाललाई क्षतिग्रस्त हुनबाट बचाउँदछ । ओमेगा थ्री फ्याट्टी एसिड, भिटामिन इलाई एन्टी एजिङ तत्व पनि भनिन्छ । जसले मानिसमा बुढोपनाको दर कम गर्दछ, अनुहारका चाउरी कम गर्छ । ओखरमा कपर पनि पाइन्छ । यो पनि सरीरको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।
खरबुजा- खरबुजामा लाइकोपिन एन्टी अक्सिडेन्ट यौगिक हुन्छ । यसले छालालाई परावैजनी किरणबाट बचाउन समेत मद्दत गर्दछ । खरबुजामा गोलभेडाको तुलनामा ४० प्रतिशत अधिक मानव सरीरलाई उपयोगी हुने फाइटोकेमिकल्स पाइन्छन् । खरबुजाले सरीरमा पानीको आपूर्तिलाई पर्याप्तता दिने , फाइबरको आपूर्ति समेत गराउने र विभिन्न रोगको संक्रमणबाट समेत जोगाउने बताइन्छ । त्यसैले खरबुजाको नियमित सेवन मानिसलाई स्वस्थ तथा तन्दुरुस्त राख्न महत्वपूर्ण हुन्छ ।
अनार- अनारमा हुने भिटामिन सी ले छालालाई चाउरी पर्न तथा रुखोपन हुनबाट बचाउँछ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युटि्रसनका अनुसार अधवैँशे महिलाहरुका लागि भिटामिन सी निकै धेरै फाइदाजनक तथा महत्वपूर्ण हुन्छ । अनारमा एन्थोसियानिन्स पनि हुन्छ जसले कोलाजेन फाइबरको उत्पादन रोक्दछ । यो फाइबरका कारण छाला खुकुलो तथा कुरुप बन्द

छ । त्यसैले एन्थोसियानिन्सका कारण अनारको सेवनले छालालाई सुन्दर तथा कसिलो पार्दछ ।
कफी- कफीले मानिसमा बुढ्यौली कम गर्दछ । अमेरिकी जर्नल अफ द नेशनल इन्स्िटच्युट का अनुसार कफीमा हुने विभिन्न तत्वहरुले छालालाई क्यान्सरबाट बचाउँछ । दिनहुँ ४ कप कफी पिउने मानिसहरुमा मेलानोमा क्यान्सर अर्थात् छालाको क्यान्सर हुने खतरा कफी नपिने मानिसमा भन्दा २० प्रतिशत कम हुन्छ ।
अण्डा- अण्डा प्रोटिनको मुख्य श्रोत हो । प्रोटिनसँगै यसमा अन्य पौष्टिक तत्व पनि पाइन्छ । अण्डाको नियमित सेवनले मानिसलाई स्वस्थ तया जवान बनाउन सहयोग पूराउँछ ।
ग्रीन टी- ग्रीन टी मा पाइने एन्टी अक्सिडेन्टले परावैजनी किरणको सम्पर्कमा आउँदा सरीरमा बन्ने फ्रि रेडिकल्सहरुलाई नष्ट गर्दछ । साथै यसले छालाको क्यान्सर जस्ता खतरालाई समेत कम गर्दछ । यसले रगमा हुने विषाक्त पदार्थलाई निष्कासन गर्नमा सहयोग पूराउने तथा छालाका चाउरी तथा संक्रमणको खतरा कम गर्ने बताइन्छ ।


,

0 comments

Write Down Your Responses