Powered by Blogger.
शिक्षक असन्तुष्ट हुँदा शिक्षाको गुणस्तर कमजोरः ढकाल

बुद्धकुमार आछामी
सिन्धुली/खनियाखर्क/ नेपाल शिक्षक यूनियनका पुर्व केन्द्रिय अध्यक्ष तथा सिन्धुली जिल्लाका पुराना शिक्षाविद कृष्ण प्रसाद ढकालले शिक्षकहरु असन्तुष्ट हुँदा देशको सामुदायीक शिक्षाको गुणस्तर कमजोर हुँदै गएको धारणा व्यक्त गरेका छन । 
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन(युनेस्को)को आर्थिक सहयोगमा एकीकृत ग्रामीण विकास समाज(आईआरडीपी)सिन्धुलीको आयोजनामा संघीय राज्यमा शिक्षालाई कसरी प्रभावकारी, गुणस्तरिय र व्यवाहारिक बनाउने भन्ने विषयमा बुधबार रतनचुरा गाविसको खनियाखर्कमा सम्पनन् १ दिने कार्यशालामा बोल्दै ढकालले उक्त धारणा व्यक्त गरेका हुन । 
पुर्व अध्यक्ष ढकालले भने, ‘नेपालमा शिक्षकहरुको असन्तुष्टीका कारण गुणस्तरिय शिक्षा असंभव भएको हो, जब सम्म शिक्षकहरुको असन्तुष्टी सम्बोधन गर्न सकिदैन तब सम्म शिक्षालाई गुणस्तरिय बनाउन सकिदैन ।’ सरकारले जिम्मेवारी पुर्वक शिक्षा क्षेत्रमा लगानी र ध्यान केन्द्रित गर्न नसक्दा नेपालको शिक्षा दिनानु दिन खस्कदै गएको उनले बताए । 
शिक्षक बिग्रदा एक पुस्ता नै बिग्रने र पछि पर्ने भएकाले सरकारले शिक्षकहरुको असन्तुष्टीको पहिचान गरी त्यसको समाधान गर्न लाग्नु जरुरी रहेको उनको धारणा थियो । संघीय राज्यमा शिक्षा व्यवाहारीक र स्थानीय विशेषता अनुसार हुनुपर्ने ढकालले बताए । 
कार्यशालामा नेपाल शिक्षक संघका जिल्ला सभापति प्रेम प्रसाद भटराईले सामुदायीक विद्यालयको शिक्षाको विश्वास कमजोर हँुदै गएको र सामुदायीक विद्यालयका शिक्षक चौतर्फी रुपमा आलोचनाको पात्र भएको बताउँदै गुणस्तरीय शिक्षा र शैक्षिक उन्नतीको लागी सवै पेशागत संघ संगठनहरु एकजुट भएर लाग्न जरुरी रहेकोमा जोड दिए । 
त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष तथा जनता उमावि खनियाखर्कका प्रधानाध्यापक टीका बहादुर देवकोटाले शैक्षिक गुणस्तर सुधारका लागी समाजका सवै पक्ष क्रियाशिल बनेर लाग्नु पर्ने धारणा व्यक्त गरे । 
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष सन्तोष श्रेष्ठले राज्यमा दुई खाले शिक्षा प्रदान गरीराखेका कारण दुई खाले शैक्षिक जनशक्तिको उत्पादन भईरहेको बताए । नीजी विद्यालयमा अभिभावकको लगानी भएका कारण सचेत हुने तर सामुदायीक विद्यालयमा अभिभावकको लगानी नभएको कारण अभिभावकको चासो नहुने उनको भनाई थियो । 
नेपाल सरकारबाट तलब खाने सवै कर्मचारीहरुले आफ्ना छोराछोरीहरुलाई सामुदायीक विद्यालयमा पढाउनु पर्ने कानुनमै व्यवस्था गर्न सकेमा आउँदा दिनमा सामुदायीक शिक्षामा रुपान्तरण संभव रहेको श्रेष्ठले बताए । 
त्यस्तै कार्यक्रममा नेपाल शिक्षक यूनियनका अध्यक्ष लेख बहादुर बस्नेतले गालि गर्दैमा समाजको सुधार न हुने भन्दै शिक्षा क्षेत्रमा रहेको समस्याको पहिचान गरेर समाधान गर्न तर्फ सवैपक्ष लाग्न जरुरी रहेको बताए । 
शैक्षिक गुणस्तर खस्कनुमा सवै पक्षको उत्तिकै कमजोरी रहेका कारण विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन कस्को भुमीका कति हुने भन्ने विषयमा स्पस्ट भएर सुधार गर्न तर्फ लाग्न सकेमा मात्र शिक्षालाई गुणस्तरीय बनाउन सकिने उनको धारणा थियो । 
कार्यक्रममा नुमना उमावि गौमतीका प्रधानाध्यापक दिल बहादुर कट्वाल, नेपाली काग्रेसका स्थानीय नेता दिपक सापकोटा, नेकपा(एमाले)का गोविन्द लुंगेलीमगर, एकीकृत माओवादीका राम कुमार थापा, राप्रपाका दिल बहादुर रम्तेल लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 
एकीकृत ग्रामीण विकास कार्यक्रम सिन्धुलीका अध्यक्ष रामकुमार कार्कीको अध्यक्षता तथा सचिब विष्णु फुयालको सञ्चालमा सम्पनन् कार्यशालामा कृष्ण प्रसाद ढकालले गुणस्तरीय शिक्षा र प्रभावकारी शिक्षाको बारेमा र आईसीटी एजुकेशन प्रा.लि.का सीइओ मोहन राउतले शिक्षामा आधुनिक प्रविधिको प्रयोगको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सिन्धुलीका विद्यालय निरीक्षक धुब्र कोइराला, २ नं.निर्वाचन क्षेत्रका विभिनन् विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरुको सहभागीता रहेको थियो । 


,

0 comments

Write Down Your Responses