Powered by Blogger.
निरन्तर ओरालो लागेको सुनको मूल्य आज स्थिर, सुनचाँदी पसलमा ग्राहकहरूकाे भीड

विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोकै मूल्यमा आज सुनको कारोवार भइरहेको छ। अहिले सुनको मूल्य प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ।

आज स्थिर रहे पनि अन्तर्राष्ट्रिय ट्रेण्डअनुसार सुनको मूल्य अझै ओरालो लाग्ने अनुमान छ।
अमेरिकामा डलरको व्याज बढ्न थालेपछि लगानीकर्ताहरु सुनभन्दा डलरतिर आकर्षित हुँदा सुनको मूल्यमा गिरावट आएको छ। त्यस्तै नेपालमा सुन आयात गर्दा प्रतिकेजी १ लाख रुपैयाँ छुट हुनुले पनि सुनको मूल्यमा प्रभाव पारेको सम्वन्धित व्यवसायीहरु बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा सुन घट्नुको अर्को कारण संकटग्रस्त ग्रिस यूरोजोनबाट बाहिरिने सम्भावना बढेपछि ऋण व्यवस्थापनमा सहजता हुने देखिएपछि लगानीकर्ताहरु सेयरप्रति आकर्षित छन्। यसले गर्दा सुनको मूल्य घट्दै गएको अन्तर्राष्ट्रिय संस्थाहरुको दावी छ।


,

0 comments

Write Down Your Responses