किन घटिरहेको छ सुनको भाउ ?

पछिल्ला केही दिन नेपालमा सुनको मूल्य घट्दै जानुको पछाडि पनि यही कारण रहेको विश्लेषकहरु बताउँछन्। अमेरिकाको संघीय बैंक यो वर्षको अन्त्यतिर बचत व्याज बढाउने नीतिमा अडिग देखिएपछि यसको सीधा असर सुनमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार अमेरिकाको बैंकले सो नीति लिनु र आर्थिक सुचकांक पनि मजबुत देखिएपछि डलर बलियो बन्दै गएको छ। यसले गर्दा लगानीकर्ताको आकर्षण सुनप्रति घट्न थालेको हो। त्यस्तै अर्को कारण भनेको कच्चा तेलको मूल्य घट्दै जाँदा पनि सुनको मूल्यमा प्रभाव परेको हो।
सुनको मूल्य घट्नुको अर्को कारण ग्रिस यूरोजोनबाट बाहिरिने खतरा रहनु पनि हो। ग्रिसको संसदले अन्तर्राष्ट्रिय मुद्राकोष र यूरोपीय संघीय सर्तको पक्षमा मतदान गरेपछि ग्रिस यूरोजनबाट बाहिरिने खतरा बढेको हो। यसले गर्दा ऋण समस्या युरोजनले चाहेअनुसार समाधान हुन सक्ने भएपछि सेयर बजार सकारात्मक दिशातिर बढेको छ। यसले गर्दा लगानीकर्ताहरु सुनभन्दा सेयरतिर आकर्षण हुँदा सुनको मूल्यमा गिरावट आएको हो।
0 comments
Write Down Your Responses