Powered by Blogger.
प्रचण्डले भने-नेपालमा संसदीय प्रणाली अब छैन 'धर्म निरपेक्ष शब्द नरहन सक्छ, हामी शर्त राख्दैनौं'


११ साउन, काठमाडौं । एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेशको सिमांकनलाई अडान बनाएर संविधान रोक्ने पक्षमा आफू नरहेको प्रष्ट पारेका छन् ।
लाजिम्पाटस्थित आफ्नै निवासमा रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाको ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने-सिमांकन सहितको संघीयता आउछ भन्नेमा म अझै पनि विश्वस्त छु, तर हामी सहमति भइसकेका विषयलाई फेरि शर्त बनाएर संविधान पछि धकेल्न सक्दैनौं ।
प्रचण्डले एमाओवादी प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रहेको भन्दै अब नेपालमा पूरानो संसदीय व्यवस्था नरहेको दावी गरे । प्रचण्डले भने-अब नेपालमा पूरानो संसदीय व्यवस्था सकियो, दुई वर्षसम्म प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने संवैधानिक प्रावधानमा कांग्रेस सहमत हुनु भनेको परम्परागत संसदीय प्रणाली सकिएको हो ।
प्रचण्डले आफू मधेस केन्द्रित दलका नेताहरुसँग अलग अलग छलफलमा रहेको र चाँडै सबैलाई एकै ठाउँमा राखेर उनीहरुका माग पनि सम्बोधन गर्न लागिएको बताए । उनले मोहन वैद्यसँग पनि वार्ता भइरहेको बताए ।
प्रदेशहरुको सिमांकन सहित संघीय संविधान जारी गर्ने पक्षमा आफू रहेको र अन्तिमसम्म सिमांकन सहित नै संविधान आउने विश्वास प्रचण्डले व्यक्त गरे । तर यसैलाई शर्त भने नबनाइने प्रष्ट पारे ।
धर्म निरपेक्षता शव्दप्रति धेरै कोणबाट कुरा उठेकाले उपयुक्त शव्द के राख्ने भन्ने छलफल भइरहेको प्रचण्डले बताए । त्यस्तै नागरिकता आमा वा बाबुकै नामबाट पाइने भएकाले यसलाई अतिरन्जित नगर्न उनले आग्रह गरे ।


, ,

0 comments

Write Down Your Responses