Powered by Blogger.
अदालतले बलात्कारीलाई उन्मुक्ति दिएको भन्दै आन्दोलन

बुद्धकुमार आछामी
सिन्धुली/१३ श्रावण/ जिल्ला अदालत सिन्धुलीले बालिका बलात्कारको सम्बन्धमा गत श्रावण ७ गते गरेको निर्णय त्रुटीपूर्ण र पुर्वाग्रही रहेको भन्दै अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समिति सिन्धुलीले आज एक प्रेश विज्ञप्ती जारी गर्दै आन्दोलनमा उत्रिएको छ ।
सिन्धुली जिल्ला मझुवा गाविस वडा नं.५ बस्ने ९ वर्षिय बालिका स्मृती विक(नाम परिवर्तन)लाई सोही गाविस वडा नं.५ बस्ने ५८ वर्षिय सोमबहादुर राईले मिति २०७२ असार १ गते जवरजस्ती बलात्कार गरेको आरोप लागेको थियो ।
आरोपी निज राईले अपराध स्वीकार गरेको र मेडिकल रिर्पोट र प्रहरी अनुसन्धानले समेत जबरजस्ती बलात्कार गरेको प्रमाणित भईसकेको अवस्थामा जिल्ला अदालत सिन्धुलीले सम्पूर्ण प्रमाणहरुको वेवास्ता गर्दै पीडीत वालिका र उनको परिवारलाई थप पीडा दिने गरी धरौटीमा रिहाई गर्ने निर्णय गरेको अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की जिल्ला अध्यक्ष राधाकुमारी तिमल्सीना र सचिब दिपा बोहोरा दाहालद्धारा जारी प्रेश विज्ञप्तीमा बालिका र महिलाहरुलाई जबरजस्ती बलात्कार गर्ने अपराधीलाई कानुनी व्यवस्था मिलाई फासीको सजाय दिनुपर्ने, वालिका बलात्कारको बारेमा जिल्ला अदालतले गरेको फैसला खारेज गर्दै तथ्य र प्रमाणको आधारमा गरिनुपर्ने, अदालत भित्र हुने अनावश्यक राजनैतिक हस्तक्षेप एव्म ठुलो आर्थिक चलखेल तुरुन्त बन्द गरिनुपर्ने, झन्झटीलो र अपारदर्शी न्याय प्रणालीलाई पारदर्शी एव्म छिटो छरितो ढंगले पिडीतले न्याय पाउने खालको बनाइनु पर्ने माग गरिएको छ ।
जिल्ला न्यायधीशलाई ज्ञापनपत्र बुझाउन नाराबाजी सहित जिल्ला अदालत पुगेको महिलाहरुको जुलुसलाई प्रहरीले अदालत भित्र पस्न नदिएपछि अदालत अगाडी कोणसभा गरेका थिए । अदालत क्षेत्रमा कार्यालय खुल्ने वित्तिकै देखी ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी महिला संघकी अध्यक्ष राधाकुमारी तिमल्सीनाले आफ्ना जायज मागहरु पुरा नभए सम्म निरन्तर आन्दोलन गरिरहने बताईन ।
उनीहरुले बुधबार नै प्रमुख जिल्ला अधिकारी केशवराज नेपाललाई पनि घटनाको छानविन र न्यायको माग गर्दै ज्ञापनपत्र बुझाएका छन ।
जिल्ला अदालत सिन्धुलीले भने मुद्धा फैसला नभएको र जिल्ला न्यायधीश नभएको कारण तत्कालका लागी १ लाख धरौटीमा तारिखमा छाडिएको बताएको छ । श्रेस्तादार सम्मीकपुर शाहले भने, मुद्धाको फैसला होइन, थुनछेक आदेश मात्र हो । मुद्धाको फैसला श्रीमान आएपछि हुन्छ ।
जिल्ला न्यायधीस सरुवा भएर गएको र अर्का न्यायधीश आइनसकेका कारण त्यस्तो निर्णय गरिएको बताइएको छ ।


, , , ,

0 comments

Write Down Your Responses