Powered by Blogger.
रुपान्तरित होऔं ! क्रान्ति संभव छ


देशमा नयाँ संविधान आउने अवस्था देखियो …
चार संसदवादी दलहरु – नेकां, एमाले, एनेकपा (माओवादी) तथा फोरम लोकतान्त्रिकबीच मध्यरातमा सम्पन्न १६ बँुदे सहमति, मस्यौदा संविधानको घोषणा, जनमत संकलनको नौटंकी आदि घटनाक्रमहरुले निश्चय पनि राष्ट्रघाती तथा जनविरोधी संविधान–निर्माणको प्रक्रियाले गति लिएको छ । स्वयं संसदवादी दलहरुमा अन्तरनिहित अन्तरविरोधका कारण लामो समयदेखि अवरुद्ध संविधान निर्माणको प्रक्रियाले किन गति प्राप्त ग¥यो ? महाभूकम्पले पैदा गरेको संकट र त्यो संकटबाट उत्पन्न हुनसक्ने ‘विद्रोह’ लाई रोक्न, यसका साथै ‘नवनिर्माण’को आवरणमा ‘राष्ट्रिय सरकार’ तथा ‘प्राधिकरण’मार्फत ‘ब्रम्हलूट’ मच्चाउन वर्षायाम छोपेर यो षड्यन्त्र रचिएको हो । परन्तु यो नयाँ चालमा प्रतिगामी शक्तिहरुको सबै पक्ष सन्तुष्ट नभएको तथ्य पनि कतिपय ‘आदेश’ र असंतुष्टिहरुबाट उजागर भएको छ ।
मस्यौदा संविधानको देशव्यापी विरोध भइरहेको छ । तर, विरोधका स्वरहरु संगठित भएका छैनन् । संविधान मस्यौदाको विरोधमा रहेका शक्तिलाई पनि तपाईहरुले एक ठाउ“मा ल्याउन पहल गर्दै हुनुहुन्छ कि ?

वास्तवमा दोस्रो संविधानसभा संघीयता तथा अग्रगामी परिवर्तनका विरुद्ध देशी÷विदेशी शक्तिहरुद्वारा रचिएको भयङ्कर षड्यन्त्रको उपज हो । सारतः यो प्रतिक्रान्तिको संयन्त्र र साधन हो । यसबाट जनताको संविधान होइन अपितु जनविरोधी तथा प्रतिगामी संविधान बन्ने ‘ठोकुवा’ हाम्रो पार्टीले गर्दै आएको तथ्य पनि सर्वविदितै छ । घटनाक्रमहरुले यो सत्यलाई अक्षरशः पुष्टि गर्दै आएको छ ।

त्यसैले, जनताका विभिन्न समुदायहरु, उत्पीडित वर्ग, जाति÷ (राष्ट्रियता), लिङ्ग, दलित, मुस्लिम÷(धार्मिक अल्पसंख्यक), क्षेत्र, आदिबाट देशव्यापीरुपमा विरोध हुनु स्वाभाविक नै हो । स्मरणरहोस, प्रतिक्रियादीहरुको आंकलन विपरीत मस्यौदा संविधानको व्यापक विरोध भइरहेको छ ।

निश्चय पनि ती विरोधका स्वरहरुलाई एकीकृत गर्नुपर्ने आवश्यकता छ । यस दिशामा हाम्रो पार्टीले पहल गरिरहेको छ । ३३ दलीय मोर्चा तथा स्वतन्त्ररुपमा संविधान, लिपुलेक, विपद व्यवस्थापन तथा पेशागत हक÷अधिकारका लागि पार्टीको नेतृत्वमा ठोस कार्यक्रमहरु पनि सम्पन्न भइरहेका छन् । सरकार, सदन र संविधानसभा, १६बु“दे सहमतीको विरोध गर्ने र राष्ट्रियता, जनजीविका तथा विपद व्यवस्थापनका लागि आवाज उठाउने जो सुकै शक्तिहरुस“ग कार्यगत मोर्चा वा तालमेल गरेर आन्दोलनलाई सशक्त बनाउदै जाने पार्टीको नीति रहेको छ ।
नयाँ संविधान आए वा नआए पनि देशमा चौतर्फी द्वन्द्व हुने संभावना धेरै छ । यसलाई सही दिशामा लैजानका लागि तपाईंहरुले कसरी पहल गर्दै हुनुहुन्छ ?
वस्तुतः संविधानको सवाल जनताको आत्मनिर्णय गर्ने अधिकारस“ग अभिन्नरुपमा अन्तरसंबन्धित छ । जनता आफैले, आºनो लागि, आºनो राज्यसत्ता संचालन गर्ने सर्वोच्च अधिकारस“ग यो विषय प्रत्यक्षरुपमा गा“सिएको हुन्छ । त्यसैले नया“ संविधान आए वा नआए पनि उपरोक्त अधिकार प्राप्ति नहुदासम्म देशमा चौतर्फी द्वन्द्व÷संघर्ष हुनु अपरिहार्य छ ।

विरोध तथा विद्रोहलाई शोषण÷उत्पीडन तथा पराधीनताले जन्माउ“छ । आज देशव्यापी रुपमा भइरहेको जनविरोध तथा प्रतिरोध त्यसैको परिणाम हो । तात्कालिक परिस्थितिमा हाम्रो पार्टीले राष्ट्रघाती तथा जनविरोधी सरकार तथा संविधानसभाको विघटन र त्यसको विकल्पमा राष्ट्रिय संयुक्त सरकार तथा अधिकार सम्पन्न सर्वपक्षीय संविधानसभाको मूल कार्यनीति अवलम्बन गर्दै आएको छ । अहिले पनि पार्टीको उक्त कार्यनीति मूलतः सही र सान्दर्भिक रहेको छ । परन्तु राजनैतिक परिस्थितिमा आएको परिवर्तनअनुसार त्यसलाई परिमार्जन गर्दै आन्दोलनका नया“ कार्यक्रमहरु निर्धारण गर्न आवश्यक छ ।

भविष्यका दृष्टिले, संघर्षत पक्षधरको शक्तिसन्तुलनमा आउने उतार/चढाव एवं फेरवदल अनुसार तीनवटा संभावनाहरु विद्ममान छन् – पहिलो, सारतः पहिचान तथा संघीयताविरोधी संसदवादी संविधान बन्ने, दोस्रो– यो प्रक्रिया पुनः लम्बिने र, तेस्रो– सरकार र संविधान सभाको विघटन हुने । पार्टीले उपरोक्त संभावना अनुसार नया“ कार्यनीति निरुपण गर्दै अघि बढनेछ ।
अहिलेका चुनौतीलाई सामना गर्न माओवादीसंग के कस्ता नीति तथा कार्यक्रम छन् ?
निसन्देह, अहिले राष्ट्र, जनता र पार्टीका अगाडि गंभीर चुनौतिका पहाडहरु उभिएका छन् । राष्ट्रियता, जनतन्त्र तथा जनजीविका समस्याहरु विकराल बन्दै गएका छन् । राष्ट्रियताका दृष्टिले– विप्पा, पीडीए, पीटीए, लिपुलेक… आदि प्रकरणहरु घटेका छन्, जनतन्त्रका दृष्टिले– पहिलो अग्रगामी संविधानसभा तथा सरकारको विघटन, दोस्रो प्रतिगामी संविधानसभा÷सरकारको गठन, जनविरोधी तथा राष्ट्रविरोधी मस्यौदा संविधानको घोषणा, जनजीविकाको दृष्टिले– आर्थिक संकटको परिणामस्वरुप राष्ट्रिय पू“जी तथा श्रम शक्तिको निर्वाधरुपमा पलायन, त्यसमाथि महाभूकम्पले थप चुनौतिहरु खडा गरिदिएको छ । यो विशिष्ट अवस्थामा पार्टीले वैचारिक दृष्टिकोणलाई अझ तीक्ष्ण बनाउने कुरामा जोड दिएको छ । यी संकट, समस्या तथा चुनौतिहरुलाई असाधारण अवसरको रुपमा ग्रहण गर्दै धैर्य एवं साहसका साथ अघि बढ्न आह्वान गरेको छ । तदनुसार, एक– राष्ट्रियताको सवालमा सवै देशभक्तहरुलाई एकताबद्ध गर्दै राष्ट्रिय स्वाभिमान तथा स्वाधीनताको आन्दोलनलाई माथि उठाउने, दुई– जनतन्त्रको सवालमा– ‘जनविरोधी संविधानका विरुद्ध, उत्पीडित वर्ग, जाति, लिङ्ग, दलित, मुस्लिम र उपेक्षित क्षेत्रका जनताहरुलाई बृहत् मोर्चामा आवद्ध गर्दै जनआन्दोलन तथा जनप्रतिरोधलाई व्यापक बनाउने, तीन– जनजीविकाका जल्दाबल्दा सवालहरुलाई लिएर पनि जनसंघर्षलाई विस्तार गर्ने, चार –महाभूकम्पद्वारा सिर्जित विपत्तिहरुको सामना गर्न पार्टीको धारणा स्पष्ट गर्दै त्यसलाई आन्दोलनको रुपमा विकास गर्ने ।

उपरोक्त दृष्टिकोण तथा नीति अनुसार पार्टीले मेची–महाकाली राष्ट्रिय अभियानको रुपमा ठोस कार्ययोजना÷कार्यक्रम निर्धारण गरी त्यसलाई कार्यान्वयन गरिरहेको छ ।

तपाईंहरुको टिमले प्रारम्भ गरेको माओवादी आन्दोलनको एउटा अध्याय जे जसरी होस समाप्त भएको छ । फेरि नयाँ शिराबाट आन्दोलनको उठानमा ठूला जटिलता छन्…

विशेषतः ०५२ सालदेखि माओवादीको नेतृत्वमा सफलतापूर्वक संचालित नेपालको नया“ जनवादी क्रान्तिले निर्णायक चरणमा आएर अहिले ठूलो प्रतिधक्का व्योहोर्नु परेको छ । यस अर्थमा निसन्देह एउटा अध्यायको अन्त्य भएको छ । निश्चय पनि यो पराजय तथा परिणामले थुप्रै जटिलताहरु पैदा गरेको छ । क्रान्तिलाई फेरि नया“ शिराबाट निरन्तरता दिने तथा हारलाई जीतमा बदल्न, नेपाली सर्वहारा समक्ष नया“ चुनौति खडा भएका छन । हामीले यो असाधारण चुनौतिलाई एउटा महान् अवसरको रुपमा स्वीकार गर्नैपर्दछ । भिन्न विकल्पको परिकल्पना गर्नु पक्कै पनि अवसरवाद हुनेछ ।

क्रान्तिको द्वन्दवाद सरल देखि जटिल बन्दै जानु एउटा स्वाभाविक प्रक्रिया हो । क्रान्तिको अन्तिम सफलता तथा असफलताको निर्धारण सही वा गलत विचार, कार्यदिशा तथा योजनाले गर्दछ । तात्कालिक पराजय फगत अस्थायी परिघटना हो । यसले क्रान्तिकारी सिद्धान्त, नीति तथा नेतृत्वको रक्षा तथा विकास गर्ने अवसर र आवश्यकता स्पष्ट गरेको छ । यो सवाल सारतः टिमको होइन्, अपितु वर्गको हो ।

माओवादी आन्दोलनबाट आएका ठूलो तप्कामा नैराश्यता बढेको छ । कार्यकर्ताबाट राजीनामा दिने, पलायन हुने रोग अब नेतृत्व पंक्तिमा सरेको छ । यस्तो किन भयो ?

मैले अघि नै स्पष्ट गरिसकें, नेपालको जनक्रान्तिले अहिले गंभीर प्रतिधक्का एवं पराजय भोग्नु परेको छ । पराजयले पीडा, पलायन, अविश्वास, निराशा, विघटन र विसर्जन पैदा गर्दछ । विजयले उत्साह, आकर्षण तथा उत्सवको वातावरण सिर्जना गर्दछ । अहिले नेपालको संदर्भमा प्रतिक्रियावादी र क्रान्तिकारी कित्ताहरुमा भिन्न–भिन्न उपरोक्त दुई प्रवृत्तिहरु देखापरेका छन् । द्वन्द्ववादको नियम कठोर र निर्मम हुन्छ । त्यो सरल र सिधा रेखामा होइन, आरोह/अवरोह र जीत÷हारको वक्ररेखा हु“दै अघि बढद्छ । आज नेपाली तथा विश्व क्रान्तिमा देखापरेको यो अवस्था उक्त नियमको अपवाद हुनै सक्तैन । समाज, मुख्यतः विचार÷चेतना द्वारा संचालित हुने भएकोले यसको कारण तथा निराकरण पनि त्यहीं खोज्नु पर्दछ । आज मालेमाको समृद्धीकरण, क्रान्तिको कार्यदिशा तथा नेतृत्वको विकास मा नेपाली क्रान्ति तथा विश्व क्रान्तिको भविष्य अन्तरनिहित छ ।

छिन्नभिन्न र नैराश्यतामा गइरहेको माओवादी आन्दोलनलाई आशावाद जगाउ“दै अगाडि बढाउन के कस्तो योजना बनाउ“दै हुनुहुन्छ ?

निसन्देह, आज नेपाली सर्वहारावर्गको अग्रदस्ता–माओवादीहरु छिन्न–भिन्न भएका छन् । माओवादीहरुको कमजोरीहरुलाई अतिरञ्जित गर्दै प्रतिकृयावादीहरु फुटाऊ अनि शासन र शोषण गर को रणनीति लागू गर्न अस्थायी रुपमा सफल भएका छन् । शत्रुहरु जनतामा पनि भ्रम छर्न र विभाजन ल्याउन एक हदसम्म सफल भएका छन् । परन्तु अर्को अकाट्य तथ्य के हो भने नेपालका सामाजिक अन्तरविरोधहरु समाधान भएका छैनन्, बरु झन चर्किदै गइरहेका छन् । माओवादीहरु विभाजित भएर कमजोर भएका छन् तर समाप्त भएका छैनन् ।
यो अवस्थामा माओवादीहरुले आफ्ना गल्तीहरुबाट सिक्दै, नयाँ संश्लेषणसहित विघटनलाई पुनर्गठनमा बदल्नु पर्दछ । जनतामा व्याप्त भ्रमहरुलाई साफ गर्दै नयाँ आधारमा बृहत राजनैतिक मोर्चा निर्माण गर्नु पर्दछ । आफ्ना कमी कमजोरीहरुलाई सच्याएर रुपान्तरित होऔं ! अवसरवाद, संशोधनवाद र प्रतिक्रियावादको निर्मम भण्डाफोर गरौं,  विजय संभव छ, क्रान्ति सम्भव छ !


,

0 comments

Write Down Your Responses