Powered by Blogger.
सहकारी ब्यवसाय प्रबद्र्दनका लागी अन्तरक्रिया

सिन्धुली– सहकारी विभाग काठमाण्डौले सहकारी ब्यवसाय प्रबद्र्मा सहयोग पुयाउने उदेश्यले सनिबार सिन्धुलीमाढीमा एक अन्तरक्रिया कार्यक्रम सम्पनन् गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी वासु प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न् अन्तरक्रिया कार्यक्रममा सहकारी विभागका उपसचिब विष्णु घिमिरेले सहकारी क्षेत्रमा सुशासन र उद्यम विकासको संभावना र चुनौतीहरुको बारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए ।
उपसचिब घिमिरेले नेपालमा सहकारी क्षेत्रको विकासक्रम, सहकारीका राज्य संयन्त्रहरु, सहकारीको परीभाषा, सहकारीका प्रचलित मुल्यहरु, सहकारीका सिद्धान्तहरु लगायतका विषयमा सहजीकरण गरेका थिए ।
जिल्लाका विभिनन् सहकारीका प्रमुख तथा प्रतिनीधीहरु र सञ्चारकर्मीहरुको उपस्थितीमा सम्पनन् अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सहकारीलाई पारदर्शी र उत्तरदायी बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।




0 comments

Write Down Your Responses