Powered by Blogger.
क्रान्तिकारी नेताको सुधारवादी दिनचर्या

लिला पाैडेल 

राज्य सत्ता बाहेक अरु सवै भ्रम हो भन्ने मुल मान्यता नै माओवादी मान्यता हो त्यसकारण समाजको शोषण अन्यायलाई समुल नष्ट गर्नका लागी शोषणलाई टिकाई राख्ने राज्य सत्तालाई ध्वस्त गर्न अनिवार्य हुन्छ । त्यस्तो लक्ष्य प्राप्तीको लागी जनसंघर्ष अर्थात शसस्त्र युद्धको आवश्यकता हुन्छ । यो माक्र्सवादको आधारभुत मान्यता हो तर नेपालमा नयाँ जनवादी क्रान्तिको पूर्णताको दिशामा लागीरहेको नेकपा–माओवादीका स्थानीय नेताहरुको बुझाईमा एकरुपता र स्पष्टता भएको पाईदैन किनकी दैनिक भैपरि आउने विकास निर्माण सम्बन्धी काम अथवा सामाजिक सुधारको काम र त्यसको नयाँ जनवादी क्रान्तिसँगको अन्तरसम्बन्ध र अन्तरविरोध बारेको द्धन्द्धात्मक बुझाईको अभावमा सामाजिक सुधारको कामले नै नयाँ जनवादी क्रान्ति पुरा हुने जस्तो वुझाईको गतिविधीहरु देखिदैछन । 
सामाजिक सुधारका कार्यहरुले नयाँ जनवादी क्रान्तिका लागी सामान्य सहयोग त हुन सक्छ नयाँ जनवादी क्रान्तिको मुल काम नै यहि हो भन्दै विभिन्न् सामाजिक सुधार सम्बन्धी सरकारी, गैर सरकारी संस्थाहरुको काममा जान पाउँनु र आफु चर्चामा आउन पाउनुमा नै रमेको देखिन्छ । साथीहरुसँग बस्दा पनि माक्र्सवाद सम्बन्धी कुरा गर्न नचाहने, जतिवेलै पनि विकासे काम बारे चर्चा गरिरहने कुनै साथीहरुले सैद्धान्तिक दार्शनिक कुरा गरे भने विभिनन् बाहानामा उठेर हिडिहाल्ने वा झर्को मान्ने एनजीओको कर्मचारी जसरी गतिविधी गर्ने प्रकृतिले वर्गसंघर्ष होइन वर्ग समन्यव तिर जाने खतराहरु देखिदैछन । 
सामाजिक सुधार तथा नयाँ जनवादी क्रान्तिका बीचमा एकातिर परस्पर अन्तरसम्बन्ध हुन्छ भने अर्को तिर परस्पर अन्तरविरोध । ति दुवै एकातिर एक अर्कासित घनिष्ट रुपले सम्बन्धीत हुन्छन भने अर्कातिर तिनीहरु एक अर्काका विरोधी कुराहरु पनि हुन । कतिपय मानिसहरुले ति दुवै अर्थात सामाजिक सुधार र नयाँ जनवादी क्रान्ति विचको यस प्रकारको द्धन्द्धात्मक सम्बन्धलाई बुझ्न सक्दैनन् । त्यसको परिणाम यो हुन्छ कि एकतर्फि प्रकारले सामाजिक सुधारका कार्यहरु सम्म सिमित हुन पुग्दछ या नयाँ जनवादी क्रान्तिमा जोडदिने वेलामा सुधारवादी कार्यहरुले नयाँ जनवादी क्रान्तिका लागी खेल्ने भुमीकाको उपेक्ष ागर्न पुग्दछन । जव कुनै आन्दोलन सामाजिक सुधारको सिमा सम्म नै सिमित हुन्छ त्यो अवस्थामा स्वयेम सामाजिक सुधारको उदेश्य पनि पुरा हुन सक्दैन । अर्कातिर सवै आर्थीक वा सुधारहरु प्रति अपनाईने नकारात्मक दृष्टिले स्वयंम नयाँ जनवादी क्रान्ति सफलताको लागी प्रतिकुल असर पर्दछ । त्यसकारण सामाजिक वा आर्थीक सुधार तथा नयाँ जनवादी क्रान्तिको वीचको अन्तरसम्बन्ध तथा अन्तरविरोध सम्बन्धी सहि र द्धन्द्धात्मक सम्बन्धले सवै शोषित उत्पीडित मेहनतकस जनताको मुक्तिको लागी चल्ने आन्दोलनमा अत्यन्त ठुलो महत्व राख्दछ । 
समाजमा महिलाहरुलाई बोक्सीको आरोप लगाएर अमानवीय व्यवाहार शोषण उत्पीडन भएको पाइन्छ तर बुझ्नु पर्ने कुरा के छ भने कथित बोक्सीको आरोपमा महिलाहरु माथि हुने उत्पीडन तथा अन्याय अत्याचारको प्रकृति खालि सामाजिक मात्र छैन त्यसको प्रकृति सामाजिक हुनुको साथै आर्थीक र राजनैतिक समेत भएको बास्तविकतालाई प्रायस उपेक्षा गर्ने गरिन्छ । त्यस प्रकारको गलत समझदारीको परिणामस्वरुप कतिपय महिला मुत्तिको लागी काम गर्ने संगठनले आफ्नो कार्यविधीलाई खालि सामाजिक क्षेत्रको सिमा सम्म मात्र सिमिति राख्दछन । आज महिला माथि बोक्सीको आरोपमा हुने अन्याय अत्याचार र उत्पीडनको मुल स्वरुप आर्थीक र वर्गीय नै हो । प्रतिक्रियावादी तथा सामन्ती व्यवस्थाले नै महिला माथि शोषण र अन्यायको बाटोलाई पश्रय दिएको हो । 
माथि उल्लेखीत भनाई किन राख्नु परेको भने विद्यमान प्रतिक्रियावादी आर्थीक र राजनितिक व्यवस्थालाई धवस्त गर्ने प्रश्न कुनै सामाजिक सुधार वा त्यसप्रकारको कार्य सम्म मात्र सिमिति रहने सामाजिक वा जनवर्गीय संगठन वा कुनै एउँटा महिला समुह द्धारा मात्र संभव छैन भनने क्रान्तिकारीहरुले बुझ्न आवश्यक छ । क्रान्तिकारीहरुको काम यस प्रकारको संगठन वा  त्यसको सुधारवादी आन्दोलन सम्म मात्र नै सिमिति रहन्छ भने त्यस प्रकारको संगठन वा आन्दोलनको वढी भन्दा वढी वर्तमान प्रतिक्रियावादी आर्थीक सामाजिक राजनैतिक व्यवस्थालाई मजबुद्ध पार्ने कार्य सम्म गर्न सक्ने छ । अर्को शव्दमा त्यसको अर्थ प्रतिक्रियावादको सेवा हुने छ । हाम्रो कुनै संगठन वा आन्दोलनले प्रतिक्रियावादी व्यवस्थाको सहायक अंग नबनोस भन्नका लागी यो आवश्यक छ कि अन्य सवै शोषित, उत्पीडित मेहनतकस जनताका संगठनहरु अथवा अन्दोलनले सर्वप्रथम तिन वटा कुरामा अनिवार्य रुपले ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । 
पहिलोः आफ्नो चेतनाको स्तरलाई सामान्य सामाजिक सुधारवादबाट क्रान्तिकारी राजनैतिक र शैद्धान्तिक स्तरमा माथि उठाउने । हामी यसबारे स्पष्ट हुनुपर्छ की एउँटा क्रान्तिकारी दर्शन र राजनैतिक सिद्धान्तको अभावमा वर्तमान प्रतिक्रियावादी सामाजिक संरचना र राजनीतिक व्यवस्थालाई ध्वस्त पार्न संभव छैन । दोस्रो ः हामीले एक्लै त्यो उदेश्य पुरा गर्न सक्दैनौं । अन्य सवै शोषित उत्पीडित जाति समुदायसँग एकताबद्धता कायम गर्नु पर्दछ । अनिमात्र वर्तमान प्रतिक्रियावादी व्यवस्थालाई ढाल्न संभव हुन्छ । ठोस रुपमा भन्न खोजिएको कुरा के हो भने राज्यमा महिला उत्पीडन, जातीय उत्पीडन, वर्गीय शोषण जतिपनि शोषणबाट मुक्त हुनको लागी क्रान्तिकारी माक्र्सवादको मार्गनिर्देशनबाट मात्र संभव छ । त्यसो भएको हुनाले विकास निर्माणको काममा लाग्ने स्थानीय क्रान्तिकारी नेताहरुले सामाजिक सुधार तथा विकास निर्माण नयाँ जनवादी क्रान्तिको लागी सहयोग गर्ने हुन्छ । शोषित राज्य व्यवस्था स्थापना विना शोषित वर्गको मुक्ति र भलाई कल्पना बाहिरको कुरा । प्रतिक्रियावादी पार्टीहरु प्रतिक्रियावादी व्यवस्थालाई मजबुद्ध पार्ने चरित्र भएको हुनाले ती पार्टीहरु र क्रान्तिकारी पार्टीहरुको सोच शैली फरक हुनुपर्दछ । 
राज्यसत्ता बाहेक अरु सवै भ्रम हो भनी सकेपछि क्रान्तिकारी नेताहरुले जुनसुकै संघ संस्थाको काममा जाँदा आफ्नो गतिविधी शोषित वर्ग पक्षिय हुनुपर्दछ अथवा वर्गसंघर्षको पार्टीलाई केन्द्रमा राखेर आफ्नो वर्ग नैतिकताको परिधी नाघनु हुदैन । विकासको कामलाई वर्गसंघर्षमा सहयोगी हुने बनाउनु नै क्रान्तिकारी नेताहरुको जिम्मेवारी हुनुपर्दछ । 
क्रान्तिकारी पार्टीका नेताहरु आफ्नो वर्गको पक्षमा काम भयो भने गौरवगर्ने हुनुपर्दछ तर स्थानीय क्रान्तिकारी नेताहरुमा वर्ग प्रियतामा खुसी अथवा पार्टीको मार्ग निर्देशक सिद्धान्तलाई केन्द्रमा राख्न पाउनु र त्यहि मुताविक चल्नुमा गौरब गर्नु भन्दा पनि आफ्नो प्रतिष्ठालाई अथवा निजी जीवनको हाई दुहाई चर्चा पाउनुलाई गौरब मान्ने निरपेक्ष विकासे सोचमा रहनु नै मुल समस्या छ । सामाजिक सुधार र नयाँ जनवादी क्रान्तिको अन्तरसम्बन्धलाई ख्याल नै नगरी मतलब नै नगर्ने देखिन्छ । माथि उल्लेख गरे जस्तो कि नयाँ जनवादी क्रान्तिमा बुझ्ने अरु क्रान्तिका सहयोगी सामाजिक सुधारमा ध्यानै नदिने कि मात्र सामाजिक सुधारमा केन्द्रित हुने नयाँ जनवादी क्रान्तिको मतलब नै नगर्ने दुई अति देखा पर्दछन । भनियो हाम्रो सन्दर्भ भने नयाँ जनवादी क्रान्तिको मतलब नै नगर्ने विकासे अतिवादको खतरा छ । हो विकासे काम पनि पार्टी योजना कै हो, पार्टीको निति बाहिरको होइन तर निरपेक्ष विकासे हुने पार्टी लाइन होइन । कार्यनिति रणनितीको सहयोगी हुन्छ अर्थात यसलाई अर्को शव्दमा भन्दा जनसंघर्ष जनयुद्धको सहयोगी हुन्छ र हुनुपर्दछ । आफुलाई आवरणमा क्रान्तिकारी पार्टीको नेता भनेर चिनाउने तर व्यवाहारमा माक्र्सवादको क, ख नै नचिन्ने मान्छे र माक्र्सवादको मतलब नै नगर्ने मान्छे कम्युनिष्टको नेता होइनन् । उनिहरुले पार्टीको योजना लागु गर्न  पनि सक्दैनन् । आफु चर्चामै आउनका लागी मात्र राजनिती गर्ने भित्री सोच राख्ने बाहिर देखिने आवरण भने क्रान्तिकारी पार्टीको मान्छे वा नेता भनेर फाईदा लिनेहरुबाट परिवर्तन र क्रान्तिलाई एकइन्च पनि फाईदा हुँदैन । विश्वदृष्टिकोण बुर्जुवा वर्गको आवरणमा माओवादी नेता भनेर चिनिनु पर्ने विरोधाभास छ । 
यस्तो राजनीति सर्वाहारा वर्ग पक्षिय राजनिति नभएर व्यत्तिवादी वुर्जुवा राजनिति हो, मुखीया राजनिति हो । यस्तो राजनिति एनजीओका मान्छे र काग्रेस, एमालेका मान्छेले गर्दछन, माओवादीले होइन ।  यो नेकपा–माओवादीमा खासगरी जिल्ला स्तरमा हुर्कदो प्रवृति हो कुनै व्यक्ति विशेषलाई लगाएको आरोप होइन । यो भनाईलाई लिएर कुनै–कुनै व्यक्ति कालो अनुहार लगाउछन भने पनि राम्रो हुन्छ । रुपान्तरण   हुने अर्थमा होइन भने जीवनशैली, कार्यशैली विश्व दृष्टिकोण सवै वुर्जुवा वर्गको छ अनि जनताले जवरजस्त माओवादी नेता भन्दिनु पर्ने अवस्था कति दिनसम्म टिक्न सक्छ । एक मिनट पनि माक्र्सवादबारे चिन्तन मनन नगर्ने मान्छेलाई माओवादी भन्नु भनेको मरुभुमीलाई समुन्द्र हो भनेर भ्रम पाल्नु जस्तै हो । 
माओवादी नेता भनेपछि माओवाद बारे जानकारी राख्ने अथवा शैद्धान्तिक पनि हुनुपर्दछ । माओवादबारे जानकार पनि नहुने, इमान्दार पनि नहुने मान्छे अझ नेतृत्वको महत्वकांक्षी हुनु त झनै अशोभनीय हो । नेतृत्वको महत्वकांक्षा सगरमाथा ताक्ने छ सिद्धानतको क्षमता र इमान्दारीता समुन्द्र सतहमा भएका मान्छेको नेकपा–माओवादीमा विगविगी छ । यस्तो प्रकृतिलाई निस्तेज पार्न मुलपक्ष भनेको नयाँ जनवादी क्रान्तिको आधिवेहरी नै हो, सामान्य अन्तरसंघर्षबाट मात्र होइन । 
(लेखक–नेकपा–माओवादीका जिल्ला सदस्य हुुनुहुन्छ )










,

0 comments

Write Down Your Responses