Powered by Blogger.
स्वीकृतिबिनै ल्याइए भूकम्पपीडित बालबालिका

२० असार, काठमाडौ । हिमाली क्षेत्रका भूकम्प प्रभावित बालबालिकालाई स्वीकृतिबिनै राजधानी ल्याइएको छ । यसरी ल्याइएका बालबालिकामध्ये केही गुम्बा र केही होस्टेलमा छन् ।

थानकोटस्थित बौद्ध फ्यूल समाजबाट सञ्चालित ङग्यूर मेमोरियल स्कुलले भूकम्पबाट प्रभावित बालबालिकालाई सरकारी निकायको स्वीकृतिबिनै राजधानी ल्याएको छ ।
सो स्कुलमा पाँचदेखि १५वर्ष उमेरका ७० बालिका र एक सय ५० बालक गरी २ सय २० जना छन्, नयाँ पत्रिकामा खबर छ ।
नेपाल सरकारका कुनै पनि निकायबाट स्वीकृति नलिई काठमाडौ ल्याइएका ती बालबालिका अधिकांश अभिभावकविहीन छन् ।
उनीहरुलाई गोरखा, डोल्पा, धरान, सिन्धुपाल्चोक र लम्जुङका हिमाली क्षेत्रबाट ल्याएको हो ।
कानूनतः बालबालिकालाई सम्बन्धित निकायको अनुमतिबिना कसैले पनि स्थानान्तरण तथा जम्मा गर्न पाइँदैन । स्थानान्तरणको अवस्था आएमा सम्बन्धित जिल्लाको बाल कल्याण समितिबाट स्वीकृति लिनुपर्छ ।


0 comments

Write Down Your Responses