Powered by Blogger.
चेक चोरेर ‘लिभिङ टुगेदर’ मा खर्च

२० असार, काठमाडौं । आफू काम गर्ने लैनचौरस्थित ह्याप्पी इन्टरनेसनल कम्पनीको चेक चोरेर नबिल बैंकबाट सात लाख ४० हजार रुपैयाँ निकालेको आरोपमा गोरखा देउरालीका १९ वर्षका समीर देवकोटा पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले १५ वटा चेक चोरी गरी साहूको हस्ताक्षर मिलाएर पैसा निकालेका थिए ।
ढुंगेधारामा बस्दै आएका देवकोटा गत मंसिरदेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए । श्रेष्ठले अन्य कागजातमा गरेका हस्ताक्षरलाई चेकमाथि राखेर देवकोटाले डोब मिलाएर हस्ताक्षर गर्ने गरेको अन्नपूर्ण पोस्टमा खबर छ । देवकोटा १५ औं चेक साट्ने क्रममा पक्राउ परेका थिए । नविल बैंकको कान्तिपथ शाखाले शंका लागेर श्रेष्ठलाई फोन गरेपछि देवकोटा प्रहरीको नियन्त्रणमा परेका हुन् ।
१९ वर्षका देवकोटा शर्मा थरकी एक किशोरीसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए ।


,

0 comments

Write Down Your Responses