Powered by Blogger.
धर्म कमाउन हिड्दा बाटाेमै मृत्यू

सिन्धुली, २५ श्रावण, बुढेसकालमा धर्म कमाउन जरायोटार गाविसको लंगुरेश्वर बाबाधाम आएकी धनुषा रुपैठा गाविसकी ७२ वर्षिया लसियादेवी तत्माको आइतबार राति मृत्यू भएको छ । सोमबारको विशेष मेलामा लंगुरेश्वर बाबाधामको दर्शन गरेर पुन्य कमाउन आएकी बृद्धा लसियादेवीको बाबाधाम पुग्न नपाइ मृत्यू भएको हाे ।
लंगुरेश्वर बाबाधाम आएकी उनको आइतबार राति हिड्दा हिड्दै हत्पते गाविस–४ कमलाखोलामा मृत्यू भएको प्रहरीले जनाएको छ । हिड्दा हिड्दै रिगंटा लागेर बाटोमा बसेकी तत्माको त्यहि मृत्यू भएको सँगै बाबाधाम आएका उनका आफ्न्तहरुले बताएका छन । उनको लास सोमबार जिल्ला अस्पतालमा पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको छ । 


,

0 comments

Write Down Your Responses