अफगानिस्तानमा शक्तिशाली भूकम्प
अफगानीस्तानमा सोमबार दिउँसो शक्तिशाली भूकम्प महशुस भएको छ।
पूर्वी अफगानीस्तानको अस्कासमलाई केन्द्र बनाएर ६.२ म्यागनीच्युडको भूकम्प गएको भारतीय मौसम विभागले जनाएको छ। यद्यपी अमेरिकी भूगर्वशास्त्र विभागले भने ५.७ म्याग्नीच्युड मापन गरेको छ।
नेपाली समय अनुसार दिउँसो ३:५०मा यो भूकम्प गएको हो। भूकम्पका कारण भएको क्षति थाहा भइसकेको छैन्। भूकम्पको धक्का पाकिसस्तान र भारतमा समेत महशुस भएको जनाइएको छ।
0 comments
Write Down Your Responses